पाकिस्तानमा मस्जिद भित्र बम विस्फोट, २८ जनाको मृत्यु

दर्पण दैनिक १६ माघ २०७९,१७:३२
post

काठमाडौं । पाकिस्तानको पेशावरमा एउटा मस्जिद भित्र भएको बम विस्फोटमा कम्तिमा पनि २८ जनाको मृत्यु भएको छ । पाकिस्तानी अधिकारीहरुका अनुसार घटनामा १५० जना भन्दा धेरै घाइते भएका छन् । उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने छ ।

पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिए । उनले भने, ‘छत खस्दा केही मानिस पुरिएको आशंका छ, उद्धारकर्ताहरुले खोजी गरिरहेका छन् ।’

पेशावरको पुलिस लाइनमा रहेको मस्जिदमा विस्फोटको बेला ३०० देखि ४०० जना प्रहरीहरु नै उपस्थित रहेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । मानिसहरु नमाज पढ्नका लागि भेला भएको बेला विस्फोट भएको हो ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: