भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइदै

दर्पण दैनिक १२ माघ २०८०,०९:२४
post

एजेन्सी । भारतको आज ७५ औं गणतन्त्र दिवस । यस अवसरमा भारतले आज गणतन्त्र दिवस तथा संविधान दिवस मनाउँदैछ ।

सन् १९५० जनवरी २६ तारिखमा संविधान घोषणा भएको दिनको सम्झनामा भारतले हरेक वर्ष आजको दिन ‘रिपब्लीक डे’ मनाउँदै आएको छ । देशका प्रथम राष्ट्रपति डा राजेन्द्र प्रसादले २१ तोपको सलामीसहित झन्डा फहराउँदै भारतलाई पूर्ण गणतन्त्र घोषणा गरेका थिए ।


सन् १९४७, अगष्ट १५ तारिखमा भारत बेलायतको उपनिवेशबाट मुक्त भएको थियो । त्यसको साँढे दुई वर्षपछि भारतले नयाँ संविधान घोषणा गर्दै गणतन्त दिवस मनाउन थालेको हो ।

नयाँ दिल्लीमा हुने आजको विशेष समारोहमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों प्रमुख अतिथिका रुपमा रहनेछन् । उनले सैन्य परेडको अवलोकन गर्नेछन् ।  गत वर्ष जुलाइमा फ्रान्सको राष्ट्रिय दिवस अर्थात ‘बास्टिल डे’ को कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि विशेष अतिथि बनेका थिए । 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: