काठमाडौँ । दक्षिण कोरियाको दक्षिणपश्चिममा रहेको एउटा विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएको प्रहरी र अग्निनियन्त्रकले बताएका छन् ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार दुर्घटना स्थानीय समय बिहान ९:०७ बजे भएको हो । बैंककबाट फर्किएको जेजु एयरको उडान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर सियोलबाट २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन काउन्टीको मुसान अन्तर्राष्ट्रिय विमानस्थलको बारसँग ठोकिएको हो ।
अधिकारीहरूले दुर्घटनामा २८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ । तीन जनाको उद्धार गरिएको छ ।
विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना सवार थिए। दुई थाई नागरिक बाहेक अधिकांश यात्रु कोरियाली थिए । दुर्घटनाका क्रममा विमानमा आगो लागेको थियो। अधिकारीहरूले ४३ मिनेटमा आगो निभाएको र दुर्घटनास्थलमा खोजी तथा उद्धार जारी रहेको बताएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google