नरेन्द्र मोदी रुस र अस्ट्रियाको ३ दिने भ्रमणमा

दर्पण दैनिक २६ असार २०८१,०७:४९
post

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको ३ दिने भ्रमणमा निस्किएका छन् । सोमबार दिल्लीबाट उनी रुसका लागि उडेका छन् । ‘आगामी ३ दिनसम्म रुस र अस्ट्रियामा रहनेछु । यो भ्रमण भारतको साथमा पुरानो मित्रता भएका यी देशसँग सम्बन्ध अरू गहिरो बनाउन राम्रो मौका साबित हुनेछ । यी देशमा रहेका भारतीय समुदायसँग पनि भेट्नेछु’, मोदीले उनले सामाजिक सञ्जालमा एक पोस्टमा लेखेका छन् । 

मोदीले २२औँ भारत–रुस वार्षिक सम्मेलनमा भाग लिनेछन् । यस कार्यक्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने बताइएको छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री मोदीले जुलाई ९ र १० मा अस्ट्रियाको भ्रमण गर्नेछन् । मोदीको अस्ट्रिया भ्रमण पनि ऐतिहासिक छ । ४१ वर्षयताको भारतीय प्रधानमन्त्रीको यो पहिलो अस्ट्रिया भ्रमण हुनेछ । 

तेस्रोपटक सत्ता सम्हालेपछि मोदीको यो पहिलो रुस भ्रमण हो । यो उनको पहिलो द्विपक्षीय विदेश भ्रमण पनि हो । मोदीको रुस भ्रमण धेरै हिसाबले महत्वपूर्ण छ । एकातिर रुसको चीनसँग बढ्दो निकटता छ । अर्कोतिर रुस विरोधी मानिने सैन्य समूह नाटोको बैठकमा सहभागी हुनुअघि मोदी रुस गएका छन् ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: