बाढीपहिरोकाे क्षतिप्रति दुःख व्यक्त गर्दै चिनियाँ विदेशमन्त्रीले भने 'क्षमताअनुसार सहयोग गर्न तयार छाैँ'

दर्पण दैनिक १८ आश्विन २०८१,०७:१८
post

काठमाडौँ । चीनका विदेश मन्त्री वाङ यीले नेपालमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई सन्देश पठाउँदै उनले नेपालमा भारी वर्षाका कारण बाढी र पहिरोको भएको ठूलो मानवीय र सम्पत्तिको क्षतिले आफू स्तब्ध भएको बताए ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले बाढीपहिरोमा पनि ज्यान गुमाएकाहरू गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

चीनले नेपालसँग सधैं सुख–दुःख साझा गरेको र आवश्यकताअनुसार नेपालको बाढीपीडितका लागि आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको पनि यीले बताए ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: