अन्तरंग तस्वीर सार्वजनिक भएपछि नेतृले गरिन् आत्महत्या, नेता बर्खास्त

दर्पण दैनिक २८ श्रावण २०८०,१४:१७
post

काठमाडाैं । भारतस्थित आसाममा भारतीय जनता पार्टी (भाजपा) की एक महिला नेतृले आत्महत्या गरेको प्रकरणमा नाम जोडिएपछि भाजपाकै एक पुरुष नेतालाई बर्खास्त गरिएको छ । भाजपा किसान मोर्चाकी ती महिला नेतृले शुक्रबार गुवाहाटीस्थित आफ्नै घरमा आत्महत्या गरेकी हुन् । प्रारम्भिक रिपोर्ट अनुसार उनले निद्रा लगाउने धेरैवटा चक्की खाएर आत्महत्या गरेकी हुन् ।

भाजपा स्रोतका अनुसार आफ्नो अन्तरंग फोटो सार्वजनिक भएपछि ती महिला नेताले आत्महत्या गरेकी हुन् । प्रहरी अनुसन्धानका क्रममा उनीसँग तिनै भाजपा नेताको तस्बिर भेटिएको थियो । यही आधारमा पार्टीले उनलाई बर्खास्त गरेको बीबीसी हिन्दीले जनाएको छ । तर समाचारमा दुवैको नाम गोप्य राखिएको छ । 

महिला नेताले आत्महत्या गर्नासाथ भाजपाका आसाम अध्यक्ष भावेश कलिताले ती पुरुष नेतालाई तत्काल बर्खास्त गर्न आदेश दिएका थिए ।  असम प्रहरीले उक्त काण्डमा अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिए पनि अहिलेसम्म कोही पक्राउ नपरेको जनाएको छ ।       

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: