बंगलादेशमा अदालतले खारेज गर्यो आरक्षण प्रणाली

दर्पण दैनिक ६ श्रावण २०८१,२०:५६
post

काठमाडौँ । बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरका अधिकांश आरक्षण प्रणालीलाई खारेज गरेको छ । सर्वोच्चको आदेशपछि बंगलादेशमा चर्किएको आन्दोलन मत्थर हुने अपेक्षा गरिएको छ । केही दिन यता बंगलादेशभर भएका हिंसात्मक झडपहरूका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको हो । तर अब अदालतले दिग्गजका आफन्तका लागि मात्र ५ प्रतिशत भूमिका आरक्षित गर्न सक्ने फैसला गरेको छ ।

‘मुक्ति बाहिनी’ को स्वतन्त्रता संग्रामपछि बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएको थियो । उक्त आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्याली गर्दै आएका थिए ।

सरकारले सर्वोच्चको उक्त निर्णयबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर कोटा कायम राख्न चाहने निवेदकका वकिलले सर्वोच्च अदालतको फैसलालाई ‘ऐतिहासिक’ भन्दै शान्त रहन आग्रह गरेका छन् ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: