
गोरखा । बुढीगण्डकी र स्यार खोलामा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा गोरखाका धार्चे गाउँपालिकाबाहेक अन्य सबै प्रभावित क्षेत्रमा पुनः सञ्चालनमा आएको छ। क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनःस्थापनालाई तीव्रता दिइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठका अनुसार धार्चे गाउँपालिकामा विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम भइरहेको छ। खोर्लाबेंसीभन्दा माथि सडक पहुँच नपुगेको र विद्युत् लाइनमा ठूलो क्षति पुगेकाले सेवा पुनःस्थापनामा कठिनाइ भएको हो। खोर्लाबेंसीसम्म जतिसक्दो छिटो विद्युत् पुर्याउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणको आरुघाट वितरण केन्द्रका अनुसार धार्चे गाउँपालिकामा पनि आज बिहानदेखि पुनःस्थापनाको काम सुरु गरिएको छ। यसअघि आरुघाट क्षेत्रको विद्युत् सेवा सञ्चालनमा आइसकेको छ।
मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीले विद्युत् सेवा अवरुद्ध बनाएलगत्तै प्राधिकरणले मर्मत कार्य थालेको थियो। करिब १० घण्टाभित्रै भीमसेन थापा गाउँपालिकाका वडा नम्बर २, ३ र ४ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको थियो। आरुघाट बजारसहित आरुघाट गाउँपालिकाका डाँडागाउँ र आरुपोखरी क्षेत्रमा पनि विद्युत् आपूर्ति नियमित भइसकेको छ।
मन्त्रालयले बाढीबाट प्रभावित सबै क्षेत्रमा यसै हप्ताभित्र विद्युत् सेवा पुनः सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ।
बाढीले गोरखा र धादिङका विभिन्न स्थानमा विद्युत् वितरण प्रणालीसँगै जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ। प्रभावित आयोजनामा बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५९ मेगावाट) र माछा खोला (१६ मेगावाट) रहेका छन्।
बाढीका कारण आयोजनाका क्याम्प, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेजका पोल बगेका वा क्षतिग्रस्त भएका छन्। सोती, आर्खेत र आरुघाट बजार क्षेत्रमा वितरण लाइनका पोलमा समेत क्षति पुगेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजार क्षेत्रमा पनि न्यून भोल्टेजका ६ वटा पोलमा क्षति पुगेको छ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)























































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google