नेपाली ढोकाको उत्पादन तथा बजारीकरण गर्न खुल्यो टिम्बर ग्यालरी, यस्तो छ ढोकाको मूल्यसूची

दर्पण दैनिक ११ श्रावण २०८०,२०:००

अदक्ष जनशक्तिलाई तालिम दिएर दक्ष बनाइ नेपाली युवाहरुबाटै ढोका उत्पादन गरिरहेको टिम्बर ग्यालरीको फ्याक्ट्रीमा अत्याधुनिक मेसिन चलाउने कामदार सबै नेपाली छन् ।

post

काठमाडौं । नेपाली ढोकाको उत्पादन तथा बजारीकरण गर्ने उद्देश्यले काठमाडौंको धुमबाराहीमा टिम्बर ग्यालरी सञ्चालनमा आएको छ । विगत लामो समय फोटोग्राफी गरेका र पछिल्लो दशक यता नेपाली ढोकाको उत्पादन र बजारीकरणमा तल्लिन योगेन्द्रजङ्ग बस्नेतले टिम्बर ग्यालरी सुरु गरेका हुन् । उनले यसअघि आफू आवद्ध रहेको कम्पनी टिम्बर क्राफ्ट प्रालि बिक्रि गरि नयाँ ढोका कम्पनी खोलेका हुन् । यसमार्फत नेपाली प्यानल (स्कीन डोर) ढोकालगायत घरमा चाहिने अन्य सामानहरु उत्पादन र विक्रि गरिने उनले बताए । 

टिम्बर ग्यालरीको केन्द्रीय कार्यालय काठमाडौंको धुमबाराहीस्थित ट्याक्सी स्ट्यान्ड नजिकै खुलेको छ, भने ढोका उत्पादन गर्ने फ्याक्ट्री भरतपुर चितवनमा रहेको छ । घरेलु उद्योगको रुपमा रहेको टिम्बर ग्यालरीमार्फत हाल ५० जनाले प्रत्यक्ष रोजगार पाएका छन् । हातमा सिप नभएका युबालाई  तालिम दिएर दक्ष बनाइ नेपाली  ढोका उत्पादन गरिरहेको टिम्बर ग्यालरीको फ्याक्ट्रीमा अत्याधुनिक मेसिन चलाउने कामदार सबै नेपाली छन् । नेपाल बाहिरबाट दक्ष जनशक्ति ल्याएर काम गराउने प्रवृतिको अन्त्य गराउन नेपाली युवाहरुलाई नै तालिम दिएर काममा लगाएको टिम्बर ग्यालरीका अध्यक्ष बस्नेतले बताए । 

टिम्बर ग्यालरीले उत्पादन तथा बजारीकरण गरेका ढोकाहरु नेपाली काठबाट बनाईएका छन् । यसको बाहिरको प्यानल डिजाइन जसलाइ डसेर फेस भनिन्छ त्यस्तै यसमा एचडीएफ गुणस्तरकाे आधुनिक प्रविधि प्रयोग गरिएको छ । एचडीएफ  भनेको काठलाइ धुलो बनाएर हाइ कम्प्रेस गरि घाम,  पानी, धुलो आदिले नबिग्रिने गरि बनाइन्छ । आधुनिक तरिकाले बनाइने भएकोले यी ढोकाहरु वातावरण मैत्री रहेको कम्पनीको दाबी छ । यी ढोकाहरु हल्का, घरको तौललाई कम गर्ने, स्ट्यान्डर्ड, अमेरिकन र थाइल्याण्ड काे गुणस्तरकाे फम्यार्ट अनुसार बनाइएका छन् । 

टिम्बर ग्यालरीले बेच्ने ढोकाहरुमा १० वर्षको रिप्लेसमेन्ट वारेन्टी समेत दिइएको छ । ढोकाहरुको मूल्य नेपालभर एउटै हुने र अनलाइनबाट समेत अर्डर गर्न सकिने अध्यक्ष बस्नेतले जानकारी दिए ।
 
उनले नेपाली काठ प्रयोग गरिएको र भारतीय ढोकाहरू भन्दा धेरै गुणा राम्रो, गुणस्तरीय भएकोले नेपाली बजारमा यस्तो ढोकाको राम्रो सम्भावना रहेको बताए । नेपाली ब्राण्ड टिम्बर ग्यालरीमा हाल प्यानल ढोकामा सबै भन्दा पुरानो अनुभव र समाजमा ख्याति कमाएका व्यक्तिहरु सामेल रहेको उनले बताए ।

उनले भने, ‘धेरै घरधनी, ठेकदार, इन्जिनियरहरु सबैले मन पराएका र उहाँहरुको सुझाव र सल्लाह अनुसार गुणस्तर र सेवामा परिमार्जन गर्दै लाने छौं ।’ 

टिम्बर ग्यालरीका ढोकाहरुको बजारमूल्य न्युनतम ५ हजार ७ सय ५० देखि अधिकतम १२ हजारसम्म रहेको छ । हाल दैनिक १५० भन्दा बढी ढोका विक्रि गरिरहेको टिम्बर ग्यालरीले 

ढोकाहरुको मुल्यसूची हेर्न याे लिंकमा क्लिक गर्नुहाेस

ढोकाहरुको मुल्यसूची यस्तो छ
२६*८०-५७५०
३२*८०-५९९०
३४,३५*८०-६५००
३६,३७*८०-७००
मुल ढाेका-१२५००/-

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९