काठमाडाैं । सामसङ नेपालले स्मार्टफोनको छैटौँ जेनेरेसन– नयाँ ग्यालेक्सी जेड फोल्ड– ६ र ग्यालेक्सी जेड फ्लिप– ६ बजारमा उपलब्ध गराएको छ । कम्पनीले यी दुई नयाँ स्मार्टफोनका लागि प्रि–अर्डर १५ साउनसम्मका लागि घोषणा गरेको थियो । कम्पनीले जनाएअनुसार अघिल्लो जेनेरेसनका फोल्डेबलहरूभन्दा नयाँ ग्यालेक्सी जेड फोल्ड– ६ र फ्लिप– ६ का लागि झण्डै दुई गुणा बढी प्रि–अर्डर गरिएका थिए ।
सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, 'नेपालमा हाम्रा नयाँ फोल्डेबलहरू– ग्यालेक्सी जेड फोल्ड– ६ र ग्यालेक्सी जेड फ्लिप– ६ लाई उपभोक्ताको अत्यधिक प्रतिक्रियाका लागि हामी खुसी र आभारी छौँ । हाम्रा यी नयाँ छैटौँ जेनेरेसनका फोल्डेबल स्मार्टफोनहरूले ग्यालेक्सी एआईको अर्को अध्याय खोल्न, प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पुर्याउन र सञ्चार, उत्पादकता र रचनात्मकतामा नयाँ मोबाइल अनुभवहरूको दायरा दिन सक्षम भएको छ ।'
नयाँ फोल्डेबलहरू ग्यालेक्सी जेड सिरिजको अहिलेसम्मकै सबैभन्दा स्लिम र हलुका स्मार्टफोनहरू हुन् । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्लाग्लास भिक्टस २ पनि छ, जसले यी स्मार्टफोनहरूलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाउँछ ।
कम्पनीका अनुसार, ग्यालेक्सी जेड फोल्ड– ६ र ग्यालेक्सी जेड फ्लिप– ६ ग्यालेक्सका लागि अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन् । यसले सीपीयू, जीपीयू र एनपीयू कार्यसम्पादनको संयोजन गर्दै प्रोसेसरलाई एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ ।
ग्यालेक्सी जेड फोल्ड– ६ले एआई–सञ्चालित– नोट असिस्ट, कम्पोजर, स्केच टु इमेज, इन्टरप्रिटर, फोटो असिस्ट र इन्स्ट्यान्ट स्लो–मो– जस्ता सुविधाहरू र उपकरणहरू प्रदान गरी ठूलो स्क्रिनलाई अधिकतम बनाउन र उत्पादकतालाई उल्लेखनीय रूपमा वृद्धि गर्दछ ।
त्यस्तै, गेमिङ सेसनलाई लामो समयसम्म साथ दिन ग्यालेक्सी जेड फोल्ड– ६ अब १.६ गुणा ठूलो भेपर चेम्बरको साथ आउँछ, रे ट्रेसिङले यसको ७.६ इन्चको स्क्रिनमा जीवन–जस्तै ग्राफिक्सलाई समर्थन गर्छ र थपइमर्सिभ गेमिङ प्रदानगर्न यसको डिस्प्लेले २,६०० निटसम्मको ब्राइटनेस प्रदान गर्छ ।
ग्यालेक्सी जेड फ्लिप– ६ ले अब नयाँ अनुकूलन र रचनात्मक सुविधाहरू प्रदान गर्छ, जसले गर्दा प्रयोगकर्ताले हरेक क्षणको अधिकतम फाइदा लिन सक्नेछन् । ३.४ इन्चको सुपर एमोलेड फ्लेक्सविन्डोको साथमा प्रयोगकर्ताले आफ्नो फोन अन्फोल्ड नगरीकनै एआई–असिस्टेड फङ्कसनहरू प्रयोग गर्न सक्छन् । त्यस्तै, टेक्स्टहरूलाई जवाफ दिन सजेस्टेड रिप्लाइजहरू पाउन सकिन्छ, जसले नयाँ सन्देशहरूलाई एक अनुकूल प्रतिक्रिया सुझाव दिन विश्लेषण गर्दछ ।
फ्लेक्सक्याम अब नयाँ अटो जुमको साथ आउँछ, जसले सब्जेक्टलाई डिटेक्ट गर्छ र कुनै पनि आवश्यक एडजस्टमेन्ट गर्नुअघि जुमइन र आउट गरेर सटका लागि उत्कृष्ट फ्रेमिङ रचना गरिदिन्छ । नयाँ ५० एमपी वाइड र १२ एमपी अल्ट्रा–वाइड सेन्सरहरूले तस्वीरहरूमा स्पष्ट र क्रिस्पविवरणहरूको साथ अपग्रेड गरिएको क्यामेराको अनुभव प्रदान गर्दछ । नयाँ ५० एमपी सेन्सरले नोइज–फ्री तस्वीरहरूका लागि २x अप्टिकल जुम समर्थन गर्दछ र १०xजुमको साथ एड्भान्स्ड सुटिङ अनुभवका लागि एआई जुम दिन्छ । ग्यालेक्सी जेड फ्लिप– ६ अब परिष्कृत ब्याट्री लाइफका साथ आएको छ र पहिलोपटक जेड फ्लिप सेग्मेन्टले भेपर चेम्बर प्राप्त गरेको छ ।
सामसुङ ग्यालेक्सीको डिफेन्स–ग्रेड, बहु–तह सुरक्षाप्लेटफर्म, सामसुङ नोक्सले महत्त्वपूर्ण जानकारी सुरक्षित गर्न र एन्ड–टु–एन्ड हार्डवेयर, वास्तविक–समयमा खतरा पत्ता लगाउने र सहयोगी सुरक्षाका साथ कमजोरीहरूविरुद्ध सुरक्षा गर्न निर्मित ग्यालेक्सी जेड फोल्ड– ६ र ग्यालेक्सी जेड फ्लिप– ६ लाई सुरक्षित राख्दछ ।
मूल्य र उपलब्धता
ग्यालेक्सी जेड फोल्ड– ६ र ग्यालेक्सी जेड फ्लिप– ६ को अतिरिक्त, सामसुङले एआई–इन्फ्युज्ड ग्यालेक्सी इकोसिस्टम प्रोडक्टहरू – ग्यालेक्सी वाच– ७ र ग्यालेक्सी बड्स– ३ पनि प्रस्तुत गरेको छ।
सबै प्रि–अर्डर अफरहरू अहिले उपलब्ध नभए पनि उपभोक्ताहरूले एनएलजी इन्स्योरेन्स कम्पनीमार्फत १ वर्षका लागि एक पटकको ब्रेकेज बीमा प्राप्त गर्न सक्नेछन् । आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसुङले सबको फोन र अर्को स्टोरमार्फत एक्सचेन्ज बोनस पनि उपलब्ध गराएको छ । यसका साथै ग्राहकले स्टक रहुन्जेल प्रत्येक महिना १७जीबी डाटा + ४९९ मिनेट कल + ४९९ एसएमएस ६ महिनासम्म निःशुल्क सेवा रहेको एनसेल सधैँ अन सिम प्राप्त गर्न सक्नेछन् ।
थप रूपमा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसुङ इन्स्टा फाइनान्स सेवाका साथ ग्राहकहरूले नयाँ ग्यालेक्सी जेड फोल्ड– ६ का लागि ६८५४ रुपैयाँ/महिना र ग्यालेक्सी जेड फ्लिप– ६ का लागि ४५२१ रुपैयाँ/महिनाको शून्य प्रतिशत ब्याजदर भएको ईएमआईमा २४ महिनाको अवधिमा देशभरका कुनै पनि सामसुङ अधिकृत स्टोरहरूबाट मात्र ३० प्रतिशत डाउन पेमेन्ट गरी प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । सेवालाई अझ सरल बनाउँदै उपभोक्ताहरूले सहज रूपमा आफ्नो नागरिकताका साथ स्मार्टफोनहरू प्राप्त गर्न सक्ने पनि कम्पनीको भनाइ छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google