
काठमाडौं। नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकले जारी गरेको वित्तीय चेतनामूलक सन्देशमा बैंक तथा वित्तीय संस्था, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा भुक्तानी सेवा प्रदायकका वालेट सेवाहरू ग्राहकको दर्ता गरिएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध हुने भएकाले समयमै अद्यावधिक गर्न आवश्यक रहेको उल्लेख गरिएको छ।
केन्द्रीय बैंकका अनुसार मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सम्बन्धित संस्थालाई जानकारी नदिँदा खातासम्बन्धी संवेदनशील विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। यसैले मोबाइल नम्बर वा इमेल परिवर्तन हुनेबित्तिकै बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराई आफ्नो वित्तीय विवरण सुरक्षित राख्न राष्ट्र बैंकले आग्रह गरेको छ। साथै, मोबाइल बैंकिङ प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप मात्र प्रयोग गर्न पनि सुझाव दिएको छ।
राष्ट्र बैंकले वित्तीय सेवासम्बन्धी गुनासो तथा उजुरीका लागि अनलाइन गुनासो पोर्टलमार्फत सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। वित्तीय साक्षरता र ग्राहक संरक्षण सुदृढ बनाउन यस्ता चेतनामूलक सन्देश नियमित रूपमा जारी गरिँदै आएको पनि उल्लेख गरिएको छ।






















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)










प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google