टर्की पालनबारे जानाकरी

दर्पण दैनिक ६ फाल्गुन २०७९,२०:४६
post

टर्किपालन परिचयः मासुको लागि टर्किपालन व्यवसाय निजी स्तरमा सफलतापूर्वक सञ्चालन गर्न सकिन्छ । टर्किको वैज्ञानिक नाउँ मेलिग्रीस ग्यालोपाभा हो । टर्किलाई गरम तथा ठण्डा हावापानीमा पनि पाल्न सकिन्छ । टर्किलाई प्रायः मासुको लागि पालिन्छ तर यिनीहरू ढिलो बढने तथा बढी आहारा खाने भएकाले त्यति लोकप्रिय हुन सकेको छैन । नेपालमा कृषि अनुसन्धान परिषद अन्तगत, परवानी फार्ममा टर्कि सम्बन्धी अध्ययन अनुसन्धान गरिन्छ । केही निजी व्यवसायीहरूले टर्कि पालन गरेको पाइन्छ । क्रिश्चियन धर्मावलम्बीहरूका लागि क्रिसमसमा टर्कि अनिवार्य जस्तै हुन्छ, त्यसैले टर्किको माग प्राय क्रिसमसको बेला बढी हुने गर्दछ ।

टर्किका उन्नत जातहरूस् टर्किका उन्नत जातहरूः ब्रोएड बे्रस्ट बा्र्रेन्ज टर्किका लोकप्रिय ठुलो खाले टर्किको जात हो । यो अमेरीकामा निक्कै लोकप्रिय छ । यसको भुत्ला कालो रङको हुन्छ तथा भित्रिभाग केही हरियो रङ्गको देखिन्छ । यसले प्रायः एक वर्षमा ७५ वटा अण्डा पार्दछ । अण्डा सरदर ८५ ग्रामको हुन्छ । अण्डा सेतो रङ्ग तथा खैरो छिर्कामिर्का परेको हुन्छ । पोथी करिब ११ किलो र भाले सो भन्दा ठुलो वजनको हुन्छ । टर्किका अन्य उन्नत जातहरूमा नोरफोक, क्याम्र्बिज बेल्टसभिला हुन् ।


टर्किको व्यवस्थापनः टर्किलाई कुखुरा जस्तै पालन गरिन्छ । टर्किलाई प्राय १५–२० हप्तासम्म पालेर बिक्री गरिन्छ । १२ हप्ताको उमेरमा टर्किको तौल करिब पॉच किलो पुग्दछ र २० हप्ताको उमेरमा यिनीहरू १५ किलोसम्म पुग्दछन् । करिब १० महिना उमेरको टर्किलाई वयस्क मानिन्छ । वयस्क भएकी पोथी टर्किलाई चाँडो अण्डा पार्ने गराउन कृत्रिम प्रकाशको व्यवस्था गनु पर्दछ । प्रजन्नको लागि टर्कि पाल्दा एक भालेमा ५ वटा जति पोथी राख्नु पर्दछ । टर्किले प्रायः गरम मौसममा अण्डा पार्दछन् । अण्डाको प्रजन्न क्षमता थोरै हुन्छ । टर्किबाट चल्ला पाउन प्राय टर्किमा कृत्रिम गर्भाधान गरिन्छ । एक वर्षमा करिब ८०–१२० वटा फुल पार्दछ । अण्डा करिब ८५ ग्रामको हुन्छ । अण्डा सेतो रङ्ग तथा खैरो छिर्काबिर्का परेको हुन्छ ।

प्रजन्नको लागि टर्कि पाल्दा एक भालेमा पॉच वटा जति पोथी राख्नु पर्दछ । टर्किले प्रायः गरम मौशममा अण्डा पार्दछन् । अण्डाको प्रजन्न क्षमता थोरै हुन्छ । टर्किबाट चल्ला पाउन प्रायः टर्किमा कृत्रिम गर्भाधान गरिन्छ । अण्डाबाट चल्ला कोरल्न करिब २८ दिन लाग्छ । वयस्क भएकी पोथी टर्किलाई चॉडो अण्डा पार्ने गराउन कृत्रिम प्रकाशको व्यवस्था गर्नु पर्दछ । काठमाण्डौका केही ह्याचरीहरूले टर्किको अण्डा ओथराउने गर्दछन् । टर्किका चल्लाहरू पनि कुखुराका चल्ला जस्तै हुर्काउन सकिन्छ । 

प्रजन्नका लागि पालिएका टर्किलाई तीन चार वर्षसम्ममात्र पाल्नु लाभप्रद हुन्छ । टर्किले कुखुराको जस्तै आहारा खाएतापनि यिनीहरूको दानामा प्रोटिनको मात्रा बढी हुनु पर्दछ । छ हप्ताको उमेरसम्म टर्किको चल्लालाई ३० प्रतिशत र १२ देखि पन्द्रह हप्तासम्म १८ प्रतिशत प्रोटिन भएको दाना खुवाउनु पर्दछ । यसको साथै प्रशस्तमात्रामा हरियो घांसपातको खान दिनु पर्दछ । 

टर्किको मासु वा चल्ला बिक्रीको खासै समस्या छैन् । नीजि स्तरमा टर्किपालक कृषकहरूले टर्किको अण्डा रु १५० मा र एक दिने चल्लालाई रु ५०० सम्ममा खरिद बिक्री गर्ने गरेका छन् । टर्किको मासु प्रायः रु ४०० प्रति किलोले बिक्री हुन्छ । टर्किपालन व्यवसाय गरेर कुखुरा भन्दा बढी नाफा आर्जन गर्न सकिन्छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९