
काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका क्षति बापत असोज २२ गतेसम्म कुल २३ अर्ब २२ करोड ८७ लाख रूपैयाँको दाबी परेको छ । १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा कूल ३ हजार ९९ वटा बीमा दाबी परेको हो ।
यसरी परेको कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब १ अर्ब २९ करोड १९ लाख रूपैयाँ भुक्तानी भएको छ । निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएका छन् । हालसम्ममा सर्भेयरहरूले तीन सय ७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google