रेड्मी १२सीकाे मूल्य घट्याे, कति पर्छ ?

दर्पण दैनिक १८ पुष २०८०,१३:५३
post

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अंग्रेजीे नयाँ वर्षको उत्सवमा थप खुशी थप्न आफ्नो लोकप्रिय स्मार्टफोन रेड्मी १२ सी को मूल्य घटाएको छ । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेड्मी १२ सी मा अफर स्वरुप मुल्य घटाएको शाओमीले जनाएको छ ।

यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले अंग्रेजी नयाँ वर्षको सुरुवात अझै उत्साहपूर्ण बनाउनको लागि रेड्मी १२ सी को मूल्यमा छुट दिईएको जनाए । उनले प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गरिरहने बताए । 

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२ सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ । जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ । 

मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी+ डिस्प्ले रहेको छ । फोनको फिंगरप्रिन्ट सेन्सरले तपाईंको डाटा २४/७ सुरक्षित छ भनी सुनिश्चित गर्दछ । रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रंगहरूमा उपलब्ध छ । यो ४ जीबी +६४ जीबी र ६जीबी +१२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध छ ।

रेडमी १२ सी ४+६४ जीबी –वास्तविक मूल्य रु १४ हजार ४९९ र छुट मूल्य रु १२ हजार ९९९ रहेको छ । रेडमी १२ सी ६+१२८ जीबी –वास्तविक मूल्य रु १६,९९९ र छुट मूल्य रु १५ हजार ९९९ रहेको छ । रेडमी १२ सी  देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: