नबिल बैंकले एकसाथ खाेल्याे ३८ नयाँ शाखा (सूचीसहित)

दर्पण दैनिक १८ जेष्ठ २०८०,१६:१३
post

काठमाडाैं । नबिल बैंकले एकसाथ ३८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बिहीबार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा देशभरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो । बैंकले ‘नबिल बैंक अब तपाईंसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा विस्तार गरिरहेको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंकको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजी प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताए । उनले बैंकको देशभर एकैसाथ ३८ वटा शाखा विस्तार गर्ने विषय सजिलो नरहेको बताए । उनले आफूले काम गर्ने समयमा निजी क्षेत्रका बैंकको शाखाहरू एकदमै कम भएको तर सरकारी बैंकका शाखा धेरै भएको बताए ।

उनले डिजिटल प्रविधिको कारणले बैंकहरूको धेरै शाखा भए पनि कम कर्मचारी भए पनि शाखा सञ्चालन गर्न सकिएको बताए । उनले सरकार र राष्ट्र बैंकले मुलुकमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने बताए । अध्यक्ष पौडेलले अब बैंकिङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न नसक्ने बताए ।

उनले अबको बैंकिङ आफ्ना लागि भन्दा पनि समाज र राष्ट्रका लागि गरेको योगदानको मापन गर्नुपर्ने अवस्था रहेको बताए । उनले बैंकका निक्षेपकर्ताहरूले आफूले बैंकमा राखेको पैसा केमा लगानी लगाइएको छ भनेर जानकारी दिनुपर्ने बेला आएको बताए ।

बैंक ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । त्यस्तै, कोशी प्रदेशमा एक, मधेस प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १० कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ ।

 

क्र.स प्रदेश नयाँ शाखा संख्या शाखा जिल्ला
1 कोशी प्रदेश दिक्‍तेल खोटाङ
         
2 मधेश प्रदेश विरगंज बाइपास पर्सा
      गरुडा रौतहट
      कलैया बारा
      गौशाला महोत्तरी
      बरथहवा सर्लाही
      लालबन्दी सर्लाही
      कञ्चनपुर सप्तरी
      जलेश्‍वर महोत्तरी
         
3 बागमती प्रदेश १३ प्रयाग पोखरी ललितपुर
      नरेफाँट काठमाडौं
      चापागाउँ ललितपुर
      भेडासिंह काठमाडौं
      लाजिम्पाट काठमाडौं
      बनस्थली काठमाडौं
      मच्छेगाँउ काठमाडौं
      धादिङ बेसी धादिङ
      फर्पिङ काठमाडौं
      बल्‍खु काठमाडौं
      नैकाप काठमाडौं
      बौद्ध रामहिटी काठमाडौं
      ठिमी भक्तपुर
         
4 गण्डकी प्रदेश गल्कोट बाग्लुङ
      आबु खैरेनी तनहुँ
      अर्चलबोट कास्की
         
5 लुम्बिनी प्रदेश १० लुम्बिनी रुपन्देही
      तौलिहवा कपिलवस्तु
      रामग्राम नवलपरासी पश्चिम
      गुलरिया बर्दिया
      फर्साटिकर रुपन्देही
      बाणगंगा कपिलवस्तु
      तम्घास गुल्मी
      सुखानगर रुपन्देही
      भानुभक्त चोक, न्युरोड बाँके
      नारायणपुर दाङ
         
6 कर्णाली प्रदेश चन्दननाथ जुम्ला
         
7 सुदूरपश्‍चिम प्रदेश बोराडाँडी कैलाली
      अमरगडी डडेल्धुरा
    ३८    

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post