काठमाडौँ । नेपाल संगीत उद्योग संघले फ्लोरी कल्चर एशोशियसन नेपालका केन्द्रीय सचिव तथा समाजसेवी युवा व्यवसायी राजु तामाङलाई सम्मान गरेको छ । तामाङलाई राष्ट्रिय युवा व्यवसायी सम्मान काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभाका उप–सभामुख इन्दिरा राना प्रदान गरेकी हुन् ।
सामाजिक, राजनैतिक र आफ्नो पुष्प व्यवसायीक क्षेत्रबाट धेरै युवाको प्रेरणा बनेको भन्दै संघले तामाङलाई सम्मान गरेको अध्यक्ष डा. सुर्य बहादुर मगरले जानकारी दिए ।
संघले प्रदान गरेको सम्मान पत्रमा भनिएको छ, ‘सानै उमेर देखी पुष्प व्यवसायमा संलग्न रही सामाजिक र राजनैतिक र आफ्नो पुष्प व्यवसायीक क्षेत्रमासमेत यहाँले पुयाउनु भएको योगदानको उच्च सम्मान गर्दै विश्वनाथ केडिया चौथो एमिन नेश्नल म्युजिक अवार्ड २०२५ बाट व्यवसायी तथा समाज सेवी श्री राजु तामाङ ज्यूलाई राष्ट्रिय युवा व्यवसायी सम्मान अर्पण गर्दै यहाँको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित यो सम्मान(पत्र प्रदान गर्दछौँ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google