काठमाडैं । नबिल बैंकले मोबाइल बैंकिङ चलाउदा सातवटा कुरामा ध्यान दिन सुझाव दिएको छ । बैंकका अनुसार सुरक्षित डिजिटल कारोबारका लागि ग्राहकलाई बैंकिङ सचेतना प्रदान गरिएको हो।
के–के हुन् ७ कुरा ?
मोबाइल बैंकिङ एप इन्स्टल गरेको फोन तथा इन्टरनेट बैंकिङ प्रयोग गर्ने कम्प्युटर अनिवार्य रुपमा बलियो पासवर्ड/पिनले लक गर्नुहोस् ।
मोबाइल/इन्टरनेट बैंकिङ जस्ता सेवाको लगइन पासवर्ड÷पिन कसैसँग पनि सेयर नगर्नुहोस् ।
मोबाइल/इन्टरनेट बैंकिङ जस्ता डिजिटल सेवामा रजिस्ट्रर गरिएका इमेल आईडीहरुमा दुई तहको प्रमाणीकरण (टुएफए) सुचारु गर्नुहोस् तथा समय–समयमा पासवर्ड परिवर्तन गर्नुहोस् ।
अरुले सजिलै अनुमान गर्न सक्ने पासवर्ड/पिन कदापि प्रयोग नगर्नुहोस् ।
कसैले सामाजिक सञ्जाल तथा मेसेजमार्फत पैसा पठाउन अनुरोध गरेमा फोनमार्फत एकीन गरेर मात्रै पैसा पठाउनुहोस् ।
तपाईंले भर्दै नभरेको चिठा पर्यो भन्दै मेसेज तथा फोन आएमा नपत्याउनुहोस् ।
बैंकको आधिकारिक एप तथा वेबसाइटमात्र प्रयोग गर्नुहोस् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google