कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती

दर्पण दैनिक ४ जेष्ठ २०८३,१४:२४
post

काठमाडाैँ । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली मूलका उद्यमी भूपेन्द्र खनाल र उनकी श्रीमती स्नेह शर्मा (खनाल) सहभागी भएका छन् । अन्तर्राष्ट्रिय घरपालुवा कुकुरका लागि बन्ने छुर्पी ब्रान्ड ‘डक्सी च्यू’का संस्थापक दम्पत्तीले रेड कार्पेटमार्फत जनावरप्रतिको माया, हेरचाह र जिम्मेवार पालनपोषणको सन्देश दिएका छन् । 

मोरङको उर्लाबारी निवासी खनाल दम्पत्तीले आफूहरूले हुर्काएर गुमाएको कुकुर ‘मोगली’लाई प्रेम, वफादारी र आत्मीयताको प्रतीकका रूपमा आफ्ना पोशाकमा कढ़ाइ गरेर प्रस्तुत गरेका थिए । उनीहरूको उपस्थितिलाई घरपालुवा जनावरको कल्याण र पोषणसम्बन्धी विश्वव्यापी बहससँग जोडेर हेरिएको छ ।

भूपेन्द्र खनालले आफूले लगाएको पहिरन भारतीय शैलीको मनका गाला, नेपाली भादगाउँले टोपी र पेरिसका डिजाइनर स्टीफन कार्लोसको कालो बुटको संयोजन रहेको बताए । उनका अनुसार यसले मिश्रित संस्कृति, मौलिक पहिचान र आफ्नो यात्राको कथा प्रस्तुत गर्ने प्रयास गरेको हो । 

एक दशकअघि सामाजिक सञ्जाल विश्लेषण कम्पनी ‘सिम्प्लिफाई ३६०’ स्थापना गरेका खनाल पछिल्लो समय हिमाली छुर्पी उद्योगमा सक्रिय छन् । उनले सन् २०१५ मा स्नेह शर्मासँग मिलेर ‘डग्सी च्यू’ स्थापना गरेका थिए । कम्पनीले नेपाल र भारतका हिमाली भेगको दूधबाट तयार हुने प्राकृतिक छुर्पीलाई कुकुरका लागि स्वास्थ्यकर ‘हिमालयन याक च्यू’का रूपमा विश्वबजारमा पु¥याइरहेको छ ।

कम्पनीका अनुसार हाल ‘डग्सी च्यू’ ३० भन्दा बढी देशमा विस्तार भइसकेको छ । वार्षिक करिब २६० करोड भारतीय रुपैयाँ बराबरको कारोबार गर्ने उक्त ब्रान्डले घरपालुवा जनावरका लागि प्राकृतिक र स्वस्थकर पोषणको अवधारणा अघि बढाइरहेको जनाएको छ ।

सह–संस्थापक तथा सीएमओ स्नेह शर्माले कान्सजस्तो अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुनु आफूहरूका लागि विशेष अवसर भएको बताइन् । उनका अनुसार घरपालुवा जनावरको हेरचाह, पोषण र कल्याणसम्बन्धी विश्वव्यापी चेतना बढ्दै गइरहेको अवस्थामा हिमालयमा जन्मिएको ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा चिनिनु गौरवको विषय हो ।

यसअघि वर्तमान प्रधानमन्त्री बालेन शाह पनि सन् २०२४ मा कान्स रेड कार्पेटमा सहभागी भएका थिए ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: