काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजनिक गरेका छ । जस अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एनआईएमबी स्मार्ट नयाँ रजिस्टर गर्ने ४०० जना (प्रति ७ दिनमा ५० जना) प्रयोगकर्ताहरुले रजिस्टेसन वापतको सम्पूर्ण रकम फिर्ता पाउने छन् ।
साथमा अफर अवधिभर ४ जना (प्रति १५ दिनमा १ जना) भाग्यशाली प्रयोगकर्ताहरुले १–१ थान स्मार्ट फोन जित्न सक्ने बैंकले जनाएको छ ।
नगदरहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्तालाई डिजिटल बैंकिङ्ग प्रयोगमा उत्प्रेरित गर्नको लागि एफ वान सफ्ट सँगको सहकार्यमा संचालन गरिएको यो अफर आइतबारदेखि माघ २९ गते सम्म संचालनमा रहने बैंकले जनाएको छ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google