काठमाडौं । आत्मनिर्भर लघुवित्तको प्राथमिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।
घुवित्तले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६९ हजार ७६५ कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।
सो सेयरमा कुल १५ लाख ३८ हजार ४६६ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३६ हजार २६३ आवेदन स्वीकृत भएको छ भने २ हजार २०३ आवेदन रद्द भएको छ ।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्वारा न्यूनतम १० कित्ताका दरले लघुवित्तको आईपीओ बाँडफाँट गरिएको हो । जसअनुसार १६ हजार ९७६ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन् । जसमध्ये भाग्यमानी ५ जनाले भने लघुवित्तको थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन् ।