
काठमाडौं । ब्याजदरको विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीदेखि गभर्नरसम्मले समेत चासो बढाइरहेका बेला वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा कतिपय बैंकहरूले साउन महिनाभन्दा कम गरेका छन् भने आम अपेक्षा विपरीत केही बैंकहरूले ब्याजदर बढाएका छन् ।
कतिपय बैंकहरूले आफ्नो ब्याजदरलाई स्थिर नै राखेका छन् । यसरी ब्याजदर स्थिर राख्नेहरूमा नबिल बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र हिमालयन बैंक रहेका छन् ।
ब्याजदर घटाउने बैंकहरूमा सर्वाधिक अगाडी स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । यस बैंकले मुद्दती निक्षेपमा अधिकतम ८.९२ प्रतिशत र संस्थागततर्फ ६.९२ प्रतिशत मात्रै ब्याज दिने जनाएको छ । यसरी ब्याज घटाउने अन्य बैंकहरूमा प्राइम कमर्सियल बैंक, एनआइसि एसिया बैंक र एनएमबि बैंक रहेका छन् ।
ब्याजदर बढाउने बैंकहरूमा भने ग्लोबल आइएमई बैंक, नेपाल बैंक, कुमारी बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंक रहेका छन् । यी बैंकहरूले करिब दुई प्रतिशतसम्म बढाएका छन् ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)

























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)














































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google