सिद्धार्थ बैंकले मनायाे २१औं वार्षिकोत्सव, सिद्धार्थ प्लाटिनम डेबिड कार्ड सार्वजनिक

दर्पण दैनिक ११ पुष २०८०,०९:१९
post

काठमाडौं । सिद्धार्थ बैंकले २१ औं वार्षिकोत्सव मनाएको छ । १७ औं वाणिज्य बैंकको रुपमा २०५९ पुस ९ गते स्थापना भएको बैंकले स्थापनाको २१औँ वर्ष पुरा गरेको हो । बैंक सञ्चालनको २१ वर्ष पुरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालय भवनमा बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया, सञ्चालक समितिका सदस्यहरु, पूर्व संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरुको  उपस्थितिमा एक कार्यक्रम गरी बैंकले वार्षिकोत्सव सम्पन्न गरेको हो । 


बैंकले आफ्नो २० वर्ष पार गरी २१ वर्ष सम्मको यात्रालाई समेटि तयार पारेको ‘कफी टेबल बुक’ सोही  कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रम बैंकले आफ्ना पूर्व सञ्चालक समितिका सदस्य एवं पूर्व प्रमुख कार्यकारी अधिकृतलाई सम्मान गर्नुका साथसाथै बैंकमा कार्यरत रही १५ वर्ष पुरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनीहरुलाई अभिनन्दन गरेको थियो । 

त्यसैगरी बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ । सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड हो । ग्राहकहरुले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढी युएनओ मर्चेन्टमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने पनि बताएको छ । 


डिजिटल बैंकिगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्र्दै ‘फ्रि फोर’ र ‘लग वीन’ योजना पनि बैंकले सार्वजनिक गरेको छ । उक्त अवसरमा बैंकले देशका विभिन्न स्थानहरु,काठमाडौ, नारायणघाट, नेपालगञ्ज, कैलाली, सुर्खेत र जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै, ग्राहक महानुभाव एवं स्थानीयवासी गरी २९६ जना रक्तदाताहरुको सहभागिता रहेको थियो पनि विज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: