डिडिसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : कृषिमन्त्री अधिकारी

दर्पण दैनिक ११ मंसिर २०८१,१३:१४
post

काठमाडौ । कृषि  तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास सस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफुले सक्दो प्रयास गरीरहेको बताएका छन् ।  आज मन्त्रालयमा राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत बढाउन ब्यक्तिगत तबरबाट समेत आफुले विभिन्न प्रयास गरिरहेको भन्दै यस्को नतिजा चाँडै देखिने उल्लेख गरे ।

विगत देखिनै डिडिसीमा बेथिति रहेको र यसलाई अन्तय गर्न केही समय लाग्ने र यसका लागि आफ्नो पहल रहेको मन्त्री अधिकारले उल्लेख गरे । यो समयमा डिडिसीले दूध खरिदमा बिगत देखीनै कोटा निर्धारण गर्ने गरेको जानकारी आफुलाई आएको भए पनि किसानलाई निरास पार्न नहुनेमा मन्त्रालयको जोड रहेको मन्त्री अधिकारीले बताए । 

'सरकारले अण्डा र मासुमा आत्मनिर्भर भए जस्तै दुधमा पनि आत्मनिर्भरको बिषय उठाउदै गर्दा किसानको दूध खरीद नगर्ने भन्ने कुरा हुन सक्दैन', मन्त्री अधिकारीले भने । केही सञ्चार माध्यममा किसानको दूध सरकारी सस्थानले नकिनेको बिषय आएको तर दूध बिक्री नभएको गुनासो किसान मार्फत नआएको  भए पनि यस विषयलाई आफूले गम्भीरता पुर्वक लिएको र केही दिनमा एथार्थ बाहिर ल्याउने पनि बताए । ज्ञापन पत्र बुझाउदै सञ्जालले दूध, उखु, सुपारी लगायत अहिलेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: