
काठमाडौँ । फागनुमा अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । फागुन १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको ब्याजदरमा अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका हुन् ।
फागनुमा बैंकहरूको ब्याजदर औसत संस्थागततर्फ ०.०१ प्रतिशत घटेर औसत ४.४९ प्रतिशतमा झरेको छ । जबकी माघमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ४.५० प्रतिशत ब्याजदर कायम छ ।
साथै फागुनमा मुद्दती निक्षेपको व्यक्तिगततर्फ बैंकहरूको औसत ब्याजदर ६ प्रतिशत कायम छ । माघमा पनि सोही ब्याजदर कायम थियो ।
२० वाणिज्य बैंकहरूमध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई फागुनमा निरन्तरता दिएका छन् भने २ बैंकले घटबढ गरेका छन् । लक्ष्मी सनराइज बैंकको व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटेर ५.५ प्रतिशत निर्धारण गरेको छ । ग्लोबल आइएमई बैंकले ०.२५ प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत तोकेको छ ।
फागुनमा कृषि विकास बैंकले ५.५१ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत, नेपाल बैंकले ५.६ प्रतिशत, कुमारी बैंकले ५.९१ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, प्राइम बैंकले ६.२५ प्रतिशत, सिटिजन्स बैंकले ६.६५ प्रतिशत ब्याजदर तोकेको छन् ।
प्रभु बैंकले ६.१ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, एनएमबि बैंकले ६.६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, हिमालयन बैंकले ६.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत, सद्धार्थ बैंकले ६ प्रतिशत, एनआइसी एशिया बैंकले ६.६ प्रतिशत ब्याजदर तोकेको छ ।
नबिल बैंकले ५.७५ प्रतिशत, सानिमा बैंकले ६.०५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
वाणिज्य बैंकले फागुनको लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर
बैंक | माघ% | फागुन% |
नेपाल एसबिआई | ५.५ | ५.५ |
कृषि विकास | ५.५१ | ५.५१ |
नेपाल बैंक | ५.६ | ५.६ |
सिटिजन्स बैंक | ५.६५ | ५.६५ |
लक्ष्मी सनराइज | ५.७५ | ५.५ |
ग्लोबल आइएमई | ५.७५ | ६ |
नबिल बैंक | ५.७५ | ५.७५ |
कुमारी बैक | ५.९१ | ५.९१ |
माछापुच्छ्रे बैंक | ६ | ६ |
सिद्धर्थ बैंक | ६ | ६ |
एभरेष्ट बैंक | ६ | ६ |
राष्ट्रिय वाणिज्य | ६ | ६ |
सानिमा बैंक | ६.०५ | ६.०५ |
प्रभु बैंक | ६.१ | ६.१ |
प्राइम कमर्सियल | ६.२५ | ६.२५ |
स्ट्यान्डर्ड चार्टर्ड | ६.२५ | ६.२५ |
हिमालयन बैंक | ६.२५ | ६.२५ |
नेपाल इन्भेष्टमेन्ट | ६.५ | ६.५ |
एनएमबी बैंक | ६.६ | ६.६ |
एनआइसी एसिया | ६.६ | ६.६ |
औसत | ६.००१ | ६.००१ |
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google