काठमाडौँ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर घटाउने नीति अवलम्बन गरेसँगै अधिकांश वाणिज्य बैंकहरुले साउनकाे लागि निक्षेपको ब्याजदर घटाएका छन् । जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर नेपाल राष्ट्र बैंकको दबाबपछि घटाइएको हो ।
राष्ट्र बैंकले गत शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक सार्वजनिक गर्दै ब्याजदर घटाउने नीति अवलम्बन गरेको थियो । राष्ट्रबैंकले मौद्रिक नीति मार्फत नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झार्ने घोषणा गरेको थियो । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारेको थियो । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि थप दबाब पुगेको हो । पछिल्लो दुई महिना निक्षेपको ब्याजदर स्थिर जस्तै रहेकोमा मौद्रिक नीतिपछि बैंकहरुले घटाएका हुन ।
असारको तुलनामा साउनका लागि १४ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन भने ४ वटाले स्थिर राख्दा २ बैंकले भने बढाएका छन् । साउन महिनामा ४ बैंकहरुले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन । माछापुच्छ्रे, ग्लोबल आइएमई, सिद्धार्थ र एनएमबि बैंकले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। हिमालयन बैंक र स्टान्डर्ड चार्टर्डले बैंकले बढाएका छन् । अन्य बाँकी बैंकहरुले घटाएका छन् ।
बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेको छ । असार महिनाका लागि व्यक्तिगत अधिकतम मुद्दतीको औसत ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउन महिनाको लागि यो ५.६८७ मा कायम भएको छ ।
कृषि विकास बैंकले ५.४५ बाट ५.४०, एभरेष्टले ६.५५ बाट ६.२५, नेपाल बैंकले ५.४५ बाट ५.४०, लक्ष्मी सनराइजले ५.७५ बाट ५.५०, एनआईसी एसियाले ६.५५ बाट ६.२५, प्रभुले ६.१० बाट ४.२५, राष्ट्रिय वाणिज्य बैंकले ६.०० बाट ५.५०, नबिलले ५.७५ बाट ५.५० प्रतिशतमा झारेको छ ।
त्यस्तै प्राइम कमर्सियलले ६.२५ बाट ६.००, कुमारीले ५.७१ बाट ५.४१, सानिमाले ६.३३ बाट ६.१८, नेपाल एसबीआईले ५.५० बाट ५.३५, इन्भेष्टमेन्ट मेगाले ५.५० बाट ५.२५ र सिटिजन्सले ५.६५ बाट ५.५० प्रतिशतमा ब्याजदर घटाएको छ । यो मुद्धति निक्षेपको ब्याजदर हो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)
















































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google