यस वर्ष रोपाइँको गति केही सुस्त, देशभर जम्मा १५.६ प्रतिशतमात्रै

दर्पण दैनिक १४ असार २०८२,०८:२७

तथ्यांकअनुसार सबैभन्दा बढी सुदूरपश्चिममा ४५ दशमलव ५ प्रतिशत, कर्णाली प्रदेशमा १३ दशमलव ८ प्रतिशत, गण्डकीमा ९ दशमलव ७ प्रतिशत, लुम्बिनीमा ९ दशमलव १ प्रतिशत, बागमतीमा ३ दशमलव ९ प्रतिशत, र कोशी प्रदेशमा १४ दशमलव ३ प्रतिशत धान रोपिएको छ ।

post

काठमाडौँ । देशभर बिहीबारसम्म १५ दशमलव ६ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पछिल्लो तथ्यांकअनुसार १३ असारसम्म १ करोड ३९ लाख १३ हजार २१ हेक्टरमध्ये जम्मा २ लाख १७ हजार २८९ हेक्टरमा मात्र रोपाइँ भएको हो । तथ्यांकअनुसार सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । त्यहाँ कुल रोपाइँ क्षेत्रफलको ४५ दशमलव ५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ ।

त्यस्तै, कर्णाली प्रदेशमा १३ दशमलव ८ प्रतिशत, गण्डकीमा ९ दशमलव ७ प्रतिशत, लुम्बिनीमा ९ दशमलव १ प्रतिशत, बागमतीमा ३ दशमलव ९ प्रतिशत, र कोशी प्रदेशमा १४ दशमलव ३ प्रतिशत धान रोपिएको छ । पछिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष रोपाइँको गति केही सुस्त देखिएको छ । 

गतवर्ष १४ असारसम्म १७ दशमलव २ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष सोही अवधिमा १५ दशमलव ६ प्रतिशतमा सीमित छ । मधेस प्रदेशको सप्तरी, रौतहट र महोत्तरी जिल्लाको विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । त्यसपछि रोपाइँको प्रतिशतमा केही वृद्धि हुने सम्भावना रहेको तथ्यांकमा उल्लेख छ । सिँचाइ, वर्षा, बिउको उपलब्धता तथा कृषकको पहुँच लगायतका कारणले रोपाइँको गति प्रभावित भएको हुनसक्ने विज्ञहरू बताउँछन् ।

नेपाल कृषि अनुसन्धान परिषद्बाट धानबालीका विभिन्न १४० भन्दा बढी जातहरू दर्ता भएका छन् । नेपालमा नै हाइब्रिड धानका जातहरूको पनि विकास भइरहेको छ र यसरी विकास भएका धानका जातहरूको बिउको उपलब्धता सुनिश्चित गर्न विउ वृद्धिका कार्यक्रमहरू ३ तहका सरकारमार्फत सञ्चालन भइरहेका छन् । 

चालु आव २०८१/०८२ मा वर्षे र चैते दुबैगरी कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती भई कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको र औषत उत्पादकत्व ४ दशमलव १९ मेट्रिक टन प्रतिहेक्टर रहेको थियो । आव २०८०/०८१ को तुलनामा १ दशमलव २८ प्रतिशत कम क्षेत्रफलमा धान रोपाइँ भए पनि हालसम्मको उच्चतम औषत उत्पादकत्व हासिल हुँदा कुल उत्पादनमा पनि गत आवभन्दा ४ दशमलव शून्य ४ प्रतिशतले बढोत्तरी भएको जनाइएको छ । मुलुकको लागि आवश्यक पर्ने करिव ७० लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टन धान उत्पादन उपुग रहेको छ । 

मन्त्रालयका अनुसार आगामी वर्ष देशभरका १८ जिल्लाका ५८ पालिकामा संघीय ससर्त वित्तीय हस्तान्तरणमार्फत चैते धान प्रवद्र्धन कार्यक्रम सञ्चालन हुँदै छ भने प्रदेश मातहतका निकायहरूले पनि आफ्नै स्रोतबाट धान प्रवद्र्धनका लागि विविध कार्यक्रम सञ्चालन गर्नेछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित धानका २१ जोन र ५ सुपरजोनहरूमार्फत वर्षे र चैते दुबै मौसममा धानको सम्पूर्ण मूल्यशृंखला विकासमा कार्यक्रम सञ्चालन भइरहेको कृषि विभागले जनाएको छ । 
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: