काठमाडौं । ट्रेन्ड सेट गर्ने स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले आफ्नो प्रिमियम शो–स्टपर ‘हट ५० प्रो प्लस’ सार्वजनिक भएको छ । ६.८ मिलिमिटर स्लिम एज डिजाइनमा आएको यो स्मार्टफोनमा थ्रिडी कभ्र्ड १२० हर्ज एमोलेड डिस्प्ले, हेलियो जी१०० प्रोसेसर, ५ वर्षको टीयूभी सर्टिफाइड पर्फर्मेन्स फ्लुएन्सी रहेको छ । त्यसैगरी जेबीएलको साउन्ड सिस्टम, डुअल स्पिकर र लक्जरी डिजाइन यसको विशेषता हुन् ।
नेपालभरिका स्टोर र अनलाइन प्लेटफर्ममा उपलब्ध यो फोनको मूल्य २५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यो स्मार्टफोनमा ८ जीबी र्याम र २ सय ५६ जीबी स्टोरेज, ५० मेगापिक्सेल डुअल एआई क्यामरा र १३ मेगापिक्सेल सेल्फी क्यामरा, ३३ वाट फास्ट चार्जसहित ५०००एमएएच ब्याट्री लगायत विशेष पनि छन् ।
हाल हट ५० प्रो प्लस स्लिक ब्ल्याक, टाइटानियम ग्रे र ड्रिमी पर्पल गरी तीन रङमा उपलब्ध छ । सन् २०१३ मा स्थापित इन्फिनिक्स मोबाइल ब्रान्डले युवापुस्ता लक्षित गर्दै नवीनतम प्रविधि, ट्रेन्डी डिजाइन र सुलभ मूल्यमा शक्तिशाली स्मार्ट उपकरणहरू उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google