फायर, सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी प्रदर्शनीमा अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता

दर्पण दैनिक २३ बैशाख २०८०,१९:२३
post

काठमाडौं । नेपालमै पहिलोपटक फायर, सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी प्रदर्शनी 'नेपाल फायर, सेफ्टी एण्ड सेक्युरिटी एक्स्पो २०२३' मा अवलोकनकर्ताहरुकोे उल्लेख्य सहभागिता भइरहेको छ ।
स्टार एक्जिविसन, इण्डियाले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा शुक्रबारदेखि आयोजना गरेको प्रदर्शनीमा हजारौं अवलोकनकर्ता तथा सरोकारवालाहरुले चासोका साथ अवलोकन गरिरहेका छन् ।

स्टार एक्जिविसन, इण्डियाका प्रमुख जाकीर खानले अन्तराष्ट्रियस्तरको प्रदर्शनीमा फायर, सेफ्टी एण्ड सेक्युरिटी प्रडक्ट, टेक्नोलोजी, इक्विपमेण्ट एण्ड इनोभेशनका नयाँ र विकसित संस्करणहरुको प्रदर्शन गरिएको बताए ।

फायर एण्ड सेक्युरिटी एसोसिएसन अफ इन्डिया र एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन, नेपाल (एपीएसए–नेपाल च्याप्टर)को सहयोग रहेको यो प्रदर्शनीको व्यवस्थापन डी.एन इभेन्ट्स प्रलिको रहेको छ ।

आइतबारसम्म चल्ने नेपाल फायर एण्ड सेक्युरिटी एक्स्पो २०२३ मा नेपाल, भारत, चीनबाट करिब ८० भन्दा बढी कम्पनीको सहभागिता रहेको छ । यो प्रदर्शनीले संयुक्त उद्यम, प्रविधि हस्तान्तरण, मार्केटिङ व्यवस्थालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
साथै फायर, सेफ्टी एण्ड सेक्युरिटीका नवीनतम विकासमा दुई देश बीच जनता–जनता सम्पर्क तथा जानकारी दिने एक्स्पोको उद्देश्य रहेको छ ।

विभिन्न सरकारी निकाय, निजी क्षेत्र र सरोकारवालाहरुसँग छलफल, व्यापार एकै थलोमा गर्न सकिने एक्स्पोमा फायर एण्ड सेक्युरिटी सम्बन्धी सम्पूर्ण जानकारी दिइएको आयोजक पक्षले जनाएको छ ।
एक्स्पो बिहान १० बजेदेखि बेलुका छ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने छ ।

आइतबारसम्म चल्ने एक्स्पो अवलोकन गरी फायर एण्ड सेक्युरिटी सम्बन्धी विकसित नयाँ प्रविधि, अन्तराष्ट्रिय परिवेश र रोचक कुराहरुको अवलोकन गरेर भरपूर लाभ उठाउन आम सर्वसाधारणदेखि सरोकारवाला पक्ष तथा यो क्षेत्रमा काम गरिरहेका
व्यवसायीहरुलाई आयोजक पक्षले आग्रह गरेको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९