काठमाडाैं । विभिन्न व्यवसायी, उपभोक्ताहरुले विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्ताले तिरेकाे मूल्य अभिवृद्धि करकाे १० प्रतिशत फिर्ता हुने भएको छ । आन्तरिक राजस्व विभागले गत विहिबार यस्तो निर्णय गरेको हो ।
उपभोक्ताले मदिरा पिउने(वार)बाट प्रदान गरिने सेवा, चेमनागृहबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज, गेष्ट हाउस, व्यवसायहरुबाट प्रदान गरिने सेवाबाट उपभोक्तालाई १० प्रतिशत फिर्ता हुने आन्तरिक राजस्व विभागले जनाएको छ ।
सूचनामा भनिएको छ,‘विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय गरिएको छ ।’
यस्ताे छ बिभागले जारी गरेकाे सूचनाः
नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
“उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता
सम्बन्धी जरुरी सूचना !"
लाजिम्पाट, काठमाडौं
मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा "कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरि निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ" भनी व्यवस्था गरे बमोजिम विभागको मिति २०८१/०५/२१ को निर्णयानुसार देहाय वमोजिमका सेवा खरिदमा उपभोक्तालाई त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भएकोले सम्बन्धित सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त व्यवस्था कार्यान्वयनमा सहभागी हुनका लागि आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई सूचित गरिन्छ ।
उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने सेवाहरु
१. मदिरा पिउने केन्द्र (वार) बाट प्रदान गरिने सेवा
२. चमेनागृह (Restaurant) बाट प्रदान हुने सेवा
३. सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउस व्यवसायहरुबाट प्रदान गरिने सेवा
शर्तहरु
१. मूल्य अभिवृद्धि करमा दर्ता भई विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता यस प्रणालीमा आवद्ध हुन सक्नेछन ।
२. डेविट / क्रेडिट कार्ड. क्यू. आर. कोड, मोवाईल जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले मूल्य अभिवृद्धि करको दश प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रूपमा फिर्ता गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।
३. विद्युतीय विजक सम्बन्धी कार्यविधि, २०७४ (संशोधन सहित) बमोजिम आन्तरिक राजस्व विभागमा सूचिकृत भएका विद्युतीय उपकरण तथा सफ्टवेयर आपूर्तिकर्ताले "विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धि कार्यप्रक्रिया, २०७६ बमोजिम प्रणालीमा सामञ्जस्य हुने गरी आफ्नो सफ्टवेयर परिमार्जन गर्न यसै सूचनाबाट जानकारी गराईन्छ ।
४. सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायकले "विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धि कार्यप्रक्रिया, २०७६" वमोजिम प्रणालीमा परिमार्जन गरि यो प्रणाली कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने छ ।
५. प्रणालीमा आवद्ध बिक्रेताले आफ्नो कारोवार स्थलमा विद्युतीय भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता हुने सुविधा रहेको सूचना सार्वजनिक गर्नुपर्ने छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)















































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google