काठमाडौं । इन्ड्राईभ नेपालको ब्रान्ड एमबेस्डरमा नायिका स्वस्तिमा खडका नियुक्त भएकी छिन् । शुक्रबार कम्पनीले उनलाई ब्रान्ड एमबेस्डरमा नियुक्त गरेको हो ।
उक्त दिन नायिका खण्डका र कम्पनीबीच यस विषयमा सम्झौता भएको हाे । एमबेस्डर नियुक्त भएपछि उनले इन्ड्राईभसँग जोडिन पाउँदा आफुलाई खुसी लागेको बताएकी थिइन् । उनले आफुले पनि बेला बेला इन्ड्राईभ प्रयोग गरेर यात्रा गर्ने गरेको बताएकी थिइन् ।
इन्ड्राईभमा आफुले चाहेको मूल्यमा नै गन्तव्यसम्म यात्रा गर्न पाइने भएकाले यो व्यवस्था नै आफुलाई धेरै मन परेको र आम सर्वसाधारणमा इन्ड्राईभ लोकप्रिय बन्न पुगेको उनको भनाई थियो । उनले भनिन्, 'इन्ड्राईभमा नेगोसियसन गर्न सकिन्छ । यसले गर्दा आफुले चाहेको मूल्यमा नै यात्रा गर्न मिल्छ, यही कुराले इन्ड्राईभ लोकप्रिय बनेको हो । जुन मलाई पनि साह्रै मन परेको विषय हो यो ।’
इन्ड्राईभ बुकिङ गर्दा प्रयोगकर्ता र चालकबीच शुल्कमा नेगोसियसन गर्न मिल्छ । जुन मूल्यमा सम्झौता हुन्छ सोही मूल्यमा यात्रा गर्न सकिन्छ ।
यस्तै, खण्ड्काले राइड रेयरिङमध्ये इन्ड्राईभ नेपालीहरुमा लोकप्रिय बनेको उल्लेख गरेकी थिइन् । उनले विभिन्न व्यक्तिहरुसँग कुरा गर्दा पनि उनीहरुले इन्ड्राईभ नै आफ्नो रोजाइको राइड सेयरिङ एप भएको प्रतिक्रिया दिएको उल्लेख गरिन् ।
कार्यक्रममा बोल्दै कम्पनी नेपालकी निर्देशक रीता पोखरेलले इन्डाईभको यात्रा सुरक्षित रहेको उल्लेख गरेकी थिइन् । उनले इन्ड्रईभमा यात्रा गर्ने चालक र यात्रु दुवैको बीमा गरिएको बताइन् । उनले भनिन्, 'धेरैले इन्डाईभमा बीमा छैन भन्नुहुन्छ । तर, इन्डाईभमा बीमा छ । हामीले चालक र यात्रु दुवैको कभरेज गर्नेगरी बीमा कम्पनीहरुसँग सझौता गरेका छौँ । यसमा ढुक्क हुनुहोला भन्न चाहन्छु ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google