![post](https://darpandainik.com/images/blog/63e122e8d6781_NCHL-Chairman_Feb2023.jpg)
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो २०३ औं संञ्चालक समितिको बैठकबाट दयाराम शर्मालाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।
सो सम्बन्धमा डेप्युटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासँग आजको औपचारिक कार्यक्रममा वहाँले अध्यक्ष पदको लागि सपथ ग्रहण गरेको हो । तत्कालीन अध्यक्ष राम बहादुर मानन्धरको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भए पश्चात शर्माले क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गरेका हुन् ।
नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।