फ्यानको अध्यक्षमा वादे,  बरिष्ठ उपाध्यक्षमा श्रेष्ठ  र उपाध्यक्षमा तामाङ्ग विजयी, यस्तो छ मतपरिणाम

दर्पण दैनिक २८ भाद्र २०८१,२२:०९
post

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को ३२ औँ साधारणसभा तथा अधिवेसनबाट नयाँ नेतृत्व निर्वाचित भ्एको छ । अज भएको निर्वाचनबाट फ्यानको अध्यक्षमा दिलीप बादे, बरिष्ठ उपाध्यक्षको लागि राजेश भक्त श्रेष्ठ र उपाध्यक्षमा राम बहादुर तामाङ्ग (सुनिल) विजयी भएका हुन् । 

अध्यक्षमा वादेले निवर्तमान अध्यक्ष मीनबहादुर तमाङ्गलाई २ मतले पराजित गरे । अन्तिम मतपरिणम अनुसार तामाङले ६३ मत पाए भने वादेले ६५ मत प्राप्त गरे । 

त्यस्तै, बरिष्ठ उपाध्यक्षमा राजेश भक्त श्रेष्ठले ७५ मत पाएर विजयी भए भने, उनका प्रतिद्धन्दी सिताराम पन्तले ४९ मत पाए । त्यसैगरि  उपाध्यक्षमा राम बहादुर तामाङ्ग (सुनिल) ७९ मत पाएर विजयी भए भने,  उनका प्रतिद्धन्दी बिश्वमणि पोख्रेलले ४८ मत प्राप्त गरे । 

अध्यक्ष पदमा १८ मत, बरिष्ठ उपाध्यक्षमा १६ मत र उपाध्यक्षमा १४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार ३ पदको लागि चुनाव भएको थियो, भने महासचिवसहित १० जना निर्विरोध निर्वाचित भइसेका थिए ।

महासचिव, सचिव र कोषाध्यक्ष सहित ७ सदस्यीय कार्यसमिति सदस्यहरु निर्विरोध चयन भएका छन् । महासचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राजकृष्ण बजगाइ निर्विरोध भएका छन् ।

कार्यसमिति सदस्यहरुमा कृष्णराम थापा, इन्द्र कुमार श्रेष्ठ, सुमन महर्जन, मन्दिर श्रेष्ठ, उतम तिमिल्सिना , रन्जिता जिमि र कमल लामा निर्विरोध भएका छन् ।

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९