
ललितपुर । ललितपुर महानगरपालिका १५ सातदोबाटोमा दलित तथा बेरोजगार युवाहरुलाई १५ दिने छालाको जुत्ता बनाउने तालिम सुरु भएको छ । नेपाल दलित महिला उत्थान केन्द्रको आयोजना र बाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगबाट उक्त दलित लक्षित कार्यक्रम सुरु भएको हो ।
सोमबार बाग्मती प्रदेश सांसद रघुनाथ महर्जनले उक्त तालिमको उद्घाटन गरेका हुन् । कार्यक्रमको बारेमा जानकारी दिँदै नेपाल दलित महिला उत्थान केन्द्रकी अध्यक्ष मैना अछामीले भौतिक विकास निर्माणका कार्यक्रमले मात्र दलित बेरोजगार युवाहरुलाई छुन नसकेको भन्दै आर्थिक आयआर्जनका कार्यक्रम आवश्यक रहेको बताईन ।पूर्व बाग्मती प्रदेश सभा सदस्य समेत रहेकी अछामीले आफूले दलित अधिकार र हकहितको लागि निरन्तर लडिरहँदा कुनै राजनीतिक र अन्य पूर्वाग्रह नराखी अधिकारको आन्दोलनमा लागेको र यही निरन्तरतास्वरुप आफ्नै पहलमा विगतमा पनि ३० लाख बजेटबाट थुप्रै युवा हरुलाई जुत्ता सिलाउने तालिम दिएको स्मरण गरिन ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद रघुनाथ महर्जनले नयाँ पुस्तालाई शिक्षाको अवसर सँगै स्वरोजगारतर्फ पनि अगाडि बढाउनु पर्ने भन्दै जुत्ता सिलाई कार्यक्रमले आत्म्मनिर्भरताको अभियानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । आत्मनिर्भर र स्वरोजगारका कार्यक्रम स्थानीय तह र वडाहरुले पनि राख्नुपर्ने भन्दै महर्जनले आगामी आर्थिक वर्षको बजेटमा पनि यस्ता कार्यक्रम ल्याउनको लागि विशेष पहल र सहयोग गर्ने महर्जनको भनाई छ ।
सोमबारबाट सुरु भएको तालिममा १५ जना प्रशिक्षार्थी सहभागी छन् । तालिम आगामी असार ११ सम्म चल्नेछ ।





















































































.jpg)





















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)














































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google