माछापुच्छ्रे बैंकको अध्यक्षमा युवा व्यवसायी रोशन केसी नियुक्त

दर्पण दैनिक ७ मंसिर २०८०,१३:५२
post

काठमाडौँ । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैंकको आज बसेको सञ्चालक समितिको ४९१ औँ बैठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

माछापुच्छ्रे बैंकको सञ्चालक समिति सदस्य समेत रहेका केसीलाई नयाँ अध्यक्षमा चयन गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

अध्यक्षमा नवनियुक्त हुनुअघि यसै बैंकमा संस्थापक सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएका केसी एक सफल युवा व्यवसायी समेत हुन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: