नबिल स्टक डिलर (ब्रोकर नम्बर ७७) को उद्घाटन

दर्पण दैनिक ३० मंसिर २०८०,१४:३८
post

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल स्टक डिलरको आज औपचारिक उद्घाटन भएको छ । स्टकले भदौ २० गतेदेखि कारोबार सुरु गरेको भएपनि आज औपचारिक सेवा सुरुवात गरेको हो । यसले ब्रोकर नम्बर ७७ को रुपमा ब्रोकरेज सेवा दिने छ ।


कम्पनीले ब्रोकरेज सेवा, मार्जिन लेण्डिङ्ग, पोर्टफोलियो म्यानेजमेन्ट, सेक्युरिटीज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा, डिपोजिटरी सहभागी (डीपी) सेवा प्रदान गर्नेछ ।

नबिल स्टक डिलर सीइओ सुरेन्द्र देबकोटाले मार्जिन लेण्डिङ्ग, पोर्टफोलियो म्यानेजमेन्ट, सेक्युरिटीज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा दिने बताए ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडलले नयाँ स्टक डिलर नाफामा भन्दा पनि सेवामा ध्यान दिने बताए । उनले भने, ‘नबिल स्टक डिलरले पुँजी बजारलाई व्यवस्थित र गुणस्तरीय बनाउन महत्वपूण भूमिका खेल्ने छ ।’

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: