होटल भ्यू भृकुटीले ल्यायो विशेष प्याकेज

दर्पण दैनिक २७ चैत्र २०७९,१६:४२
post

ललितपुर । नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीले विशेष प्याकेज ल्याएको छ । ‘न्यू इयर, न्यू हाइट, न्यू मेमोरिज विथ होटल भ्यू भृकुटी’ भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ । होटलले ल्याएको अफर अन्तरगत लाइभ म्युजिकका साथमा फ्रि वेलकम ड्रिङ्क्स, लाइभ स्टेशन स्न्याक्स, लक्जरियस अकोमोडेशन, बफेट ब्रेकफाष्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ ।

नयाँ वर्षका लागि विशेष सांगितिक कार्यक्रमका साथै आउने पाहुनाहरूका लागि होटलको सम्पूर्ण सुविधा विशेष तरिकाले व्यवस्थापन गरिएको होटलले जनाइएको छ । नयाँ वर्षको अवसरमा होटलमा लाइभ ब्याण्ड प्राकृतिक वातावरणमा रमाउनको लागि १३ हजार हजार रुपियाँमा पर कपल, स्नयाक्स, डिनर, बस्नको  लागि रूम र भोलिपल्टको ब्रेकफस्ट व्यवस्था गरिको होटलका प्रबन्ध निर्देशक समिर लामाले बताए ।


सातदोवाटो चक्रपथबाट सात किलोमिटरको दुरीमा रहेको यो होटलमा ७० वटा कोठाहरु, साउना, स्ट्रिम, स्वमिङ पुल तथा मनोरन्जनको व्यवस्था मिलाइएको छ । यसका साथै होटलमा रोयल वोटानीकल गार्डेन नजिकै अवस्थित रहेकोले थप आकर्षक बनाएको कार्यकारी निर्देशक सागर भुसालले बताए ।

होटलले नेपाली संस्कार र परम्परा अनुसार सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । 
होटलले आफ्ना पाहुनाहरुलाई वोटानिकल गार्डेन लगेर विभिन्न जातका चराचुरुङ्गी र पुतलीहरुलाई नियाल्ने अवसर प्रदान गर्दछ । यसका साथै होटलबाट तीन किलोमिटरको दुरिमा रहेको शान्ति जंगलमा सफारी गर्ने अवसर पनि प्रदान गर्दछ । 

त्यस्तै फुलचोकी डाँडा पनि होटलबाट नजिकै भएकाले होटलमा आएका पाहुनालाई त्यहाँ पैदल यात्रा (हाइकिङ), वाईकिङ, प्याराग्लाइडिङको पनि सुविधा प्रदान गर्ने वरिष्ठ कार्यकारी सेफ रेशमकुमार लामा बताए ।

त्यसैगरी होटलमा साउना, ज्याकुजी, जीम, सुइमिङ पुलको सेवा पनि रहेको छ । होटलमा आउने पाहुनाहरुले निःशुल्क पौडीको आनन्द लिन पाउँछन् भने साउना, ज्याकुजी र जीमका लागि थप शुल्क तिर्नुपर्दछ ।

होटलमा चौविसै घण्टा सबै प्रकारका खानाहरु उपलब्ध हुन्छ । आइरन टेरेस्ट रेस्टुरेन्ट होटलको रुफ टपमा अवस्थित छ, जहाँबाट पाटन र काठ्माडौं उपत्यकाको हरियो डाँडा हिमालहरुको अवलोकन गर्दै मिठो खानाको परिकारमा रम्न सकिन्छ । यो रेस्टुरेन्ट बिहान ७ वजेदेखि बेलुका १० बजेसम्म खुल्दछ ।

रेड ड्रप र छुपा रेस्टुरेन्टमा ब्रेकफास्ट, लञ्च र डिनरको राम्रो व्यवस्था रहेको छ । बिहान ६ वजेदेखि बेलुका ९ बजेसम्म यी रेस्टुरेण्ट खुल्ला हुन्छ । छुपा रेस्टुरेन्टमा १५० जना अट्ने क्षमता रहेको छ भने रेड ड्रपमा १०० जना अट्ने क्षमता छ । त्यसैगरी ब्ल्याक र ह्वाईट वारहरुमा बहुराष्ट्रिय ब्राण्डका पेय पदार्थहरु ककटेल र मकटेलका साथमा स्न्याक्सका साथ खाने व्यवस्था रहेको होटलका वरिष्ठ कार्यकारी सेफ रेशमकुमार लामाले बताए ।


 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९