काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै व्यवसायीलाई सहज हुने नीति अवलम्बन गरेको छ । राष्ट्र बैंकले सोमबार चालुपुँजी कर्जा मार्गदर्शन २०७९ संशोधन गर्दै कार्यान्वयनलाई थप एक वर्ष समय थप गरेको हो ।
अर्थनीति बुझेका गभर्नर विश्वनाथ पौडेलले व्यवसायीको माग बमोजिम चालु पुँजीकर्जा कार्यान्वयनलाई एक बर्ष पछाडि धकेलेका हुन्।
यसअघि निर्वतमान गभर्नर महाप्रसाद अधिकारीले मार्गदर्शन जारी गर्दै सिमा भन्दा बढी चालु पुँजी कर्जा लिएका व्यवसायीहरुले २०८२ असार भित्र कर्जा तिरेर भएपनि सिमामा ल्याइसक्नुपर्ने व्यवस्था गरेका थिए । हाल व्यवसायीहरुले वार्षिक कारोबार रकमको २५ प्रतिशतसम्म चालु पुँजी कर्जा पाउँछन् ।
सो व्यवस्था कार्यन्वयनमा आएसँगै २५ प्रतिशत भन्दा बढी कर्जा लिएका व्यवसायीहरूले असार मसान्तसम्म ऋण सिमामा ल्याइसक्नुपर्ने थियो ।
तर व्यवसायीहरूले सो व्यवस्थाको विरोध गर्दै सहजीकरणको माग गर्दै आएकोमा गभर्नर पौडेलले मौद्रिक नीति पूर्व नै व्यवसायीलाई खुसी बनाउने गरी मार्गदर्शन संशोधन गरेका हुन् । अब असारसम्म सिमामा ल्याउनुपर्ने कर्जा २०८३ साउन १ गतेसम्म ल्याए पुग्नेछ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)



































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google