झापा । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा नेपाली ढोकाले सबैको ध्यान तानेको छ । टिम्बर होम डेकोरको ब्राण्ड ‘नेपाल डोर’को पनि स्टल राखिएकोमा अवलोकनकर्ता तथा ढोकाबारे बुझ्नेको संख्या निकै बढेको छ । टिम्बर होम डेकोरका प्रबन्ध निर्देशक उद्दव तिमिल्सिनाका अनुसार महोत्सवमा राखिएको नेपाल डोरको स्टलमा आएर नेपाली ढोकाबारे बुझ्ने तथा अर्डर गर्नेको संख्या दैनिकरुपमा बढ्दै गएको छ । उनले भने, ‘यो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव भएकोले हामीले पनि राखेर हेरौं न त भनेर राखेका हौं ।’ नेपाल डोरको उत्पादन चितवनमा हुन्छ भने, मुख्य कार्यालय काठमाडौंको बनस्थलीमा रहेको छ ।
उनले भने, 'अमेरीकन masonile कम्पनीको HDF., Door Skin को प्रयोग गरि बनाइएका पानीले नबिग्रने, मौसमी परिवर्तनले नविग्रने, धमिरा तथा किरा नलाग्ने, जुनसुकै नापमा (size) उपलब्ध, ढोकाको दुबै तर्फ बुट्टा भएको, १०० डिग्री भन्दा बढी तताएर ढोका बनाउने प्रविधी कुनै पनि प्लास्टीक (Lamination) नटासीएको पटक पटक रंग लगाउन मिल्ने, सल्लोको काठलाई सुकाएर प्रयोग गरिएको, वातावरमैत्री, कुनै रसायनिक पदार्थ प्रयो नगरेकाे १० बर्षको लागी Warrenty भएको ढाेकाहरू हामीसँग छन् ।'
महोत्सवमा नेपालसहित भारत, वंगलादेश र पाकिस्तानको समेत व्यवसायिक स्टलहरु रहेका छन् । फागुन ५ देखि सुरु भएर १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँ बरावरको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
दुई सयभन्दा बढी व्यापारिक स्टलहरु रहेको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए । महोत्सवको उद्घाटन गर्दै सभामुख घिमिरेले आर्थिक रूपमा देशलाई समृद्ध बनाउन सरकार र नीजि क्षेत्र दुबै मिलेर चुनौतीको सामना गर्नुपर्ने धारणा राखेका थिए । देशको अर्थतन्त्र संकटमा पर्दैगएको र सभामुखको तर्फबाट संसदमा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव प्रदेश १ कै गौरवको विषय भएको बताइन् । उनले सबै पक्षको सहकार्यमा महोत्सव सफल हुने बिश्वास ब्यक्त गरेकी थिइन् ।