काठमाडौं । नबिल सेक्युरिटिज लिमिटेडले नाम परिवर्तन गर्ने भएको छ । १ अर्ब ५० करोड रूपैयाँ पूँजी कायम गरि तेस्रो तहको स्टक डिलरको लाईसेन्स प्राप्त गरेको कम्पनीले नबिल स्टक डिलर लिमिटेड नाम कायम गर्ने भएको हो ।
नाम परिवर्तन गर्ने प्रस्ताव सहित कम्पनीले असोज १२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नबिल सेक्युरिटिजको रजिष्टर्ड कार्यालय, तीनधारा, काठमाडौंमा विहान ११ः३० बजे सुरू हुनेछ । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।
कम्पनीको नाम परिवर्तन गर्ने भएकाले प्रबन्धपत्र तथा नियमावलीका विभिन्न प्रावधानहरू संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी समेत सभाले दिनेछ ।