इन्द्रेणी मसरुम फर्मले प्राथमिक सेयर निष्काशन गर्ने

दर्पण दैनिक २६ श्रावण २०८१,२१:४५
post

काठमाडौं । इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेडले सार्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने तयारी थालेको जनाएको छ । च्याउ खेतीसँग सम्बन्धित व्यक्तिहरूको लगानीमा मकवानपुरको थाहा नगरपालिका, वडा नं. ९, चित्लाङ्गमा अत्याधुनिक प्रविधिबाट व्यावसायिकरूपमा गोब्रे च्याऊ उत्पादन गर्ने उद्देश्यले २०७१ सालमा सो कम्पनीको स्थापना भएको हो ।

हाल कम्पनीले व्यावसायिकरूपमा पाँच प्रजातिको च्याउ खेती गरिरहेको छ । कम्पनीका अनुसार गोब्रे ओइस्टर, शिताके, किङ्ग ओयस्टर, गानोडर्मा जातको च्याउ खेती गरिएको हो । तीमध्ये गोब्रे च्याउ सबैभन्दा लोकप्रिय छ, यसले देशको कुल च्याउ उत्पादनको ४५ प्रतिशत ओगटेको छ । यस्तै, कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा स्थानीय बासिन्दाहरूलाई रोजगारी पनि दिएको छ । हाल यस संस्थामा विभिन्न व्यावसायिक क्षेत्रका सेयरधनीहरूबाट १४ करोड लगानी रहेको छ । चित्लाङको १९ रोपनी जग्गामा ११ ओटा अत्याधुनिक उत्पादन कक्ष निर्माण गरी प्रत्येक दिन छ सय केजी गोब्रे च्याउ उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । बजारमा प्रतिदिन १५ हजार केजी च्याउको माग हुने गरेको कम्पनीले जनाएको छ । सो माग आपूर्तिमा सहज पुग्ने गरी उत्पादन वृद्धि गर्न सर्वसाधारणहरूको तर्फबाट सहभागिता बढाउन आईपीओ निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

यस कम्पनीले सेयर निष्काशन गरी सोबाट प्राप्त हुने रकमबाट मकवानपुर जिल्लाको हेटौंडाबाट पनि व्यावसायिकरूपमा विभिन्न प्रजातिको च्याउ उत्पादन सुरु गर्ने जनाएको छ । साथै, कोल्डस्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादन निमित्त मल बिउ र सामग्री बिक्री केन्द्र खोली बिक्री गर्ने, च्याउको सुकुटी, गुन्द्रुक, अचार तथा सुप उत्पादन गर्ने लक्ष्य लिएको छ । चित्लाङ्ग र हेटौंडाबाट उत्पादन सुरू भएपश्चात् दैनिक दुई हजार पाँच सय केजीमाथि च्याउ उत्पादन गर्ने योजना रहेको र यसले उत्पादनको लागतमा समेत कमी हुन आउने कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९