काठमाडौं । आज सोमबार देखि नागढुङ्गा–नौबिसे सडक बन्द हुने भएको छ । आजदेखि ५ दिनसम्म सडक दिउँसोको समयमा बन्द हुने भएको हो ।
मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ देखि ३० गतेसम्म दिनहुँ साढे ४ घण्टा सडक बन्द गर्ने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले जानकारी दिएको छ ।
आयोजनाले जारी गरेको सूचनामा बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुने उल्लेख छ । यस्तै साना तथा मझौला गाडीहरुका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने पनि सूचनामा उल्लेख छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google