प्याब्सनमा नेपाल इन्भेष्टमेन्ट मेगाको डिजिटल बैंकिङ सेवा

दर्पण दैनिक २८ मंसिर २०८०,१५:५९
post

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याब्सनमा डिजिटल बैंकिङ सेवाको शुरुवात गरेको छ । काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको हो । सो कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
 
यो व्यवस्था पछि भुक्तानी गर्दा नगद कारोबारमा कमी भइ विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकहरुलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ  । साथै डिजिटल प्रणालीवाट शुल्क संकलन गर्दा समयको वचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ । 

मङ्सिरमा हुन गैरहेको उक्त कार्यक्रममा विभिन्न शिक्षा सम्बन्धी व्यक्तित्वहरुको साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहभागित रहने जनाइएको छ ।  

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: