काठमाडौँ । यातायात व्यवसायीले आज (सोमबार) देखि देशभर अनिश्चितकालीन यातायात बन्द गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गरिएको हो ।
बन्द भएसँगै आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ। गण्डकी प्रदेश सरकारले राइड शेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दूरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् ।
यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेश संयाेजक सुवन गिरी (सुमन) ले कालो नम्बर प्लेटका सबै यातायातका साधन ७ वटै प्रदेशमा नचलाएको जानकारी दिए । काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् ।
काठमाडौं उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेको देखिएको छ। तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् । सधैं व्यस्त हुने काठमाडौंका सडकहरु आज बिहानैदेखि सुनसान देखिन्छन् ।
गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड शेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो । त्यसपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन् । व्यवसायीले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने भन्दै निर्णय फिर्ता लिन यातायात ठप्प पारेका छन् ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)
















































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google