
काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान’ आयोजनामा व्यवसाय सञ्चालनमा वित्तीय व्यवस्थापन सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ । पुष्प व्यवसायीको क्षमता विकास गर्ने उद्देश्यले एग्रीबिज फाइनान्सियल सोलुसन प्रालि, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि र किङ्गस कलेजसंगको सहकार्यमा सो आधारभुत तालिम सम्पन्न भएको हो ।
फ्यानका अनुसार ५८ जना पुष्प व्यवसायी सहभागि भएका थिए । बुधबार विहान ११ बजेदेखि सुरु भएको तालिम कार्यक्रम बेलुका ५ समम सञ्चालन भएको थियो । तालिममा सहभागी व्यवसायीहरुलाई चार्टर्ड एकाउन्टेन्ट्स सन्देस पौडेल र राजाराम पौडेलले वित्तीय व्यवस्थापन सम्बन्धी महत्वपूर्ण जानकारी दिंदै तालिम दिएका थिए ।
फ्यान विगत लामो समयदेखि पुष्प व्यवसायीको शकहितमा आवाज उठाउँदै नीति निर्माणमा पनि अग्रणी भुमिका खेल्दै आएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google