काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति तथा सांसद् विनोद चौधरी विश्वकै १६४७ औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्यांकिङ अनुसार चौधरीसँग कूल १.८ अर्ब डलर सम्पत्ति रहेको छ ।
उनी सन् २०२२ मा १९२९ औं स्थानमा थिए । एक वर्षको अवधिमा चौधरीको सम्पत्तिसमेत ३० करोड डलरले वृद्धि भएको छ । म्यागेजिनका अनुसार गत वर्ष उनको सम्पत्ति १.५ अर्ब डलर रहेको थियो ।
चौधरी अन्तर्गत सीजी ग्रुप ग्लोबल रहेको छ । उनीसँग भएका नबिल बैंक, सीजी फुड्सबाट उत्पादित वाईवाई चाउचाउ चर्चित छन् । वाईवाई नेपालबाहेक भारत, सर्विया र बंगालादेशमा उत्पादन भइरहेको छ भने इजिप्टमा उत्पादनको तयारीमा छ ।
यसैगरी सीजीका विश्वका विभिन्न देशमा होटल पनि रहेका छन्। उनलाई उनका छोरा निर्वाण, राहुल र वरुणले सघाइरहेका छन् ।