विद्युत प्राधिकरणले सर्वसाधारणमा शेयर जारी गर्ने

दर्पण दैनिक २५ श्रावण २०८०,१६:०४
post

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया अघि बढेको जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको बताए ।

त्यसका लागि प्राधिकरणको क्रेडिट रेटिङ इक्रा नेपालबाट गराउँदा डबल ए प्लस प्राप्त गरेको उनले जनाएका छन् । विद्युत प्राधिकरण ऐन २०४१ अनुसार शेयर जारी गर्न लागिएको घिसिङले जानकारी दिए । उनले प्राधिकरणको सम्पत्ति मूल्यांकन कार्य पनि सकिएको बताएका छन् ।

यद्यपि यो पटक प्राधिकरणको नाफा प्रभावित भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार १२ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड रूपैयाँ पुगेको थियो ।

गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको सतह घट्दा प्राधिकरण र नीजी क्षेत्रको विद्युत उत्पादनमा ह्रास आएको र त्यसको नाफा घटेको घिसिङको तर्क छ । प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष ७८/७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष ७९/८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post