सिट्रोन एसयुभी सार्वजनिक,  बजार मूल्य कति ?

दर्पण दैनिक २१ बैशाख २०८०,०७:५३
post

काठमाडौं । बजारमा सिट्रोन नयाँ एसयुभी सार्वजनिक भएको छ । नेपाली बजारको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बुधबार एक कार्यक्रम आयोजना गर्दै सिट्रोन सी ३ सार्वजनिक गरेको हो । 

११९८ सिसी डिस्प्लेसमेन्ट रहेको सिट्रोन सी ३ मा १.२ लिटर पेट्रोल इन्जिन छ । यसले ५,७५० आरपिएममा ८२ पिएस पावर र ३,७५० आरपिएममा ११५ एनएम टर्क जेनेरेट गर्छ । यसमा पाँच स्पिड म्यानुअल ट्रान्समिसन गेयरबक्स रहेको छ । गाडीमा ३० लिटरको इन्धन क्षमता रहेको छ । 

यो एसयुभीको लम्बाई ३,९८१ एमएम, लम्बाई १,७३३ एमएम र उचाई १,५८६ एमएम छ । सिट्रोन सी ३ को ह्विलबेस  २,५४० एमएम छ । गाडीको अगाडि पांग्रामा डिस्क र पछाडि ड्रम ब्रेक रहेको छ । यसमा विद्युतीय स्टेरिङ छ । गाडीको बाहिरी डिजाइनसँगै आन्तरिक डिजाइनिङ पनि आरामदायी र बोल्ड भएको कम्पनीको भनाइ छ । यसमा २६ सिएमको सिट्रो कनेक्ट टचस्क्रिन पाउन सकिन्छ ।

कम्पनीले नयाँ सिट्रोन सी ३ पोलार सेतो, सुन्तल रंग, प्लाटिनम ग्रे र स्टिल ग्रे गरी चार विभिन्न रंगमा उपलब्ध गराउने जनाएको छ । सिट्रोन सी ३ लाइभ र फिल गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । यी भेरियन्टको सुरुआती बजार मूल्य क्रमशः ३४ लाख ४९ हजार रुपैयाँ र ३६ लाख ४९ हजार रहेको पनि कम्पनीले जनाएको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post