आजदेखि सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लाग्ने

दर्पण दैनिक २ श्रावण २०८२,०७:५६
post

काठमाडाैँ । आजदेखि सुन तथा सुनका गरगहना खरिद गर्दा २ प्रतिशत विलासिता कर लाग्ने भएको छ । सरकारले बजेटमार्फत् सुनचाँदी तथा हिरा–पत्थरका गरगहना बिक्रीमा सीमा नतोकी २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा आजदेखि कार्यान्वयनमा आउने भएको हो ।

आन्तरिक राजस्व विभागले यससम्बन्धी बिलको ढाँचा तोकेर सार्वजनिकसमेत गरिसकेको छ । १ साउन (आज)देखि सुनको खरिद बिक्रीमा तोकिएको ढाँचाअनुसारको बिल बीजक जारी गर्नुपर्ने विभागले जनाएको छ । विभागले भ्याटमा दर्ता भएका र नभएका व्यवसायका लागि फरक–फरक ढाँचा सार्वजनिक गरेको छ ।

अबदेखि बिक्रेताले ज्यालासमेत विवरणमा उल्लेख गर्नुपर्नेछ । यसअघि १० लाख मूल्यभन्दा माथिको गरगहना खरिद गर्दा मात्रै विलासिता कर लाग्दै आएको थियो । चालु आर्थिक वर्षको बजेटमै सुनमा विलासिता शुल्क लाग्ने व्यवस्था राखिएपछि यसको विरोधमा सुनचाँदी व्यवसायी र कालिगढहरू सडकमा उत्रिएका थिए । व्यवसायीहरू आन्दोलनमा होमिएपछि सरकारले यसका लागि अध्ययन गर्न कार्यदलसमेत बनाएको छ । कार्यदलको बैठक बसेर निष्कर्ष निकाल्नुपर्ने र मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने अडानमा व्यवसायीहरू भए पनि सरकारले भने सुनमा विलासिता शुल्क लिने प्रक्रिया अगाडि बढाइसकेको छ ।

यता, नेपाल सुनचाँदी व्यवसायी महासंघले पुरानै तरिकाबाट बिलको काम गर्न र नयाँ तोकिएको बिल नबनाउन देशभरका व्यवसायीलाई अपिल गरेको छ । सुनमा विलासिता शुल्क लगाउँदा मूल्य बढ्ने हुँदा खरिदबिक्री कम हुने र हजारौँ व्यवसायी र लाखौँले रोजगारी गुमाउनुपर्ने अवस्था आउने भन्दै व्यवसायीहरू यसलाई हटाउनुपर्ने लबिइङमा छन् ।

पछिल्लो १ वर्षमा सुन ४५ हजार रुपैयाँ प्रतितोलाले महँगो भएको छ । निकै उतारचढावका बीच सुनको भाउ प्रतितोला १ लाख ९८ हजार रुपैयाँसम्म पुगेको थियो । बुधबार १ लाख ९२ हजार रुपैयाँ कारोबार भएको थियो ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: