काठमाडौं । होण्डा मोटर बाईकको अधिकृत बिक्रेता स्याकार ट्रेडिंग कम्पनीले होण्डा ‘एक्सचेन्ज र फाईनान्स मेला’ भैरहेको जनाएको छ । आफ्नो पुरानो मोटर बाईकसँग होण्डाको कुनै पनि नयाँ बाईक साट्न पाइने यो मेलाबाट ग्राहकले अधिकतम लाभ लिईरहेको आयोजकको भनाइ छ । मेलामा, आफ्नो पुरानो बाईकसँग होण्डको कुनै पनि नयाँ बाईक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै ५ हजार रुपैयाँ एक्सचेन्ज बोनस पनि पाइने विज्ञप्तिमा उल्लेख छ । साथमा १० हजार रुपैयासम्म को आकर्षक ‘स्क्र्याच कुपन’ ले पनि धेरै भन्दा धेरै ग्राहक लाभान्वित भईरहेका कम्पनीले जनाएको छ ।
होण्डा ‘एक्सचेन्ज र फाईनान्स मेला’ मा सस्तो अग्रिम भुक्तानी र निक्कै कम ब्याज दरमा नयाँ होण्डा खरिद गर्न सकिने छ । होण्डा फाईनान्समार्फत ५९ हजार ९९९ रुपैंयाको अग्रिम भुक्तानी र एक प्रतिशतको ब्याजदरमा मेलाबाट नयाँ होण्डाका ग्राहक सन्तुष्ट हुँदै फर्किरहेको, आयोजक स्याकार ट्रेडिंग कम्पनीको भनाइ छ ।
जुन १ देखि सुरु भएको यस मेलाका योजनाहरुमा सहभागी हुन हाललाई काठमान्डौका होण्डा मोटर बाईकको सबै डिलरहरुमा सम्पर्क गर्न सकिने छ भने छिट्टै होण्डा ‘एक्सचेन्ज र फाईनान्स मेला’ देश भर पनि लागु हुने कम्पनीले जनाएको छ ।