भृकुटिमण्डपमा सुरु भयो ‘२४औँ फ्लोरा एक्स्पो’, चैत २० गतेसम्म चल्ने

दर्पण दैनिक १७ चैत्र २०७९,१५:५६
post

काठमाडाैं । आजदेखि भृकुटीमण्डपमा ‘२४औँ फ्लोरा एक्स्पो’ (पुष्प मेला) सुरु भएको छ । पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसियसन नेपालले मेला आयोजना गरेको हो । मेलाको उद्घाटन गर्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेशी वस्तुको उत्पादन र प्रवद्र्धनमार्फत आयात प्रतिस्थापन अहिलेको मुख्य दायित्व रहेको रहेको बताए । 'सुशासन, पुँजीगत खर्च र आन्तरिक उत्पादन बढाएर आयात प्रतिस्थापनलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेछ । त्यसका लागि सबै क्षेत्रको सहकार्य आवश्यक छ', श्रेष्ठले भने । पुष्प व्यवसाय प्रवद्र्धनमार्फत अर्थतन्त्रमा टेवा पुर्याउन यो क्षेत्रलाई थप विकास गर्दै लैजान आवश्यक रहेको उनको भनाइ छ । 

त्यस्तै अहिलेको बिग्रँदो अर्थतन्त्रलाई यथास्थितिमा चल्न दिन नसकिने बताउदै श्रेष्ठले सुधारका लागि सरकारले हस्तक्षेप गर्ने बताए । मेलाबारे जानकारी दिंदै फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले अहिले नेपालमा कृषि क्षेत्रमा लगानी घट्दै जाँदा उत्पादन खुम्चिएको र त्यसले आयात बढ्न गएको बताए । 

'बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न सकेका छैनन् ।परियोजना धितो राखेर सजिलै परियोजना कर्जा पाउने र महिला उद्यमीका लागि पनि विनाधितो महिला उद्यमी कर्जा प्रवाह गरिनुपर्छ', उनले भने । कोभिड–१९ महामारीअघिसम्म नेपाल पुष्प व्यवसायमा आत्मनिर्भर भइसकेकामा अहिले लगानी घट्दै गएपछि फेरि भारतबाट आयात हुन थालेको उनको भनाइ छ । 
 
अहिले पुष्प व्यवसायमा रू सात अर्ब बराबरको लगानी र रू दुई अर्ब ३० करोडको वार्षिक कारोबार रहेको उनको भनाइ छ । गत वर्षको तथ्याङ्कअनुसार भारतबाट रू ३६ अर्ब बराबरको पुष्प आयात भएको तामाङले जानकारी दिए । 

अहिले नेपालको पुष्प व्यवसायले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यो क्षेत्रमा लगानी घट्दै गएको तामाङको भनाइ छ । 'अहिले ठूलो मात्रामा चोरी निकासी भइरहेको छ । नेपालको उत्पादनले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा यो क्षेत्रमा लगानी घट्दै गएको छ । प्लान्ड क्वारेन्टाइन तथा विषादी व्यवस्थापनमा पनि समस्या छ', उनले भने । पुष्प प्रवद्र्धन नीतिलाई समयसापेक्ष परिमार्जन गरी तीनवटै तहका सरकारमार्फत कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ ।

मेलामा ८० वटा स्टल छन् । जसमध्ये ६२ वटा व्यावसायिक स्टल, तीन वटा ल्यान्डेस्केपिङ स्टल, १० वटा अफिसियल स्टल, तीन वटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र दुई वटा फुड स्टल छन् । मेलामा मौसमी फूल, कट् फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलका बीउबिजन, ग्रीन हाउस, कृषि औजार, विषादी, प्याकेजिङ सामग्रीलगायतका स्टल राखिएका छन् । 

पुष्प नर्सरी, आपूर्तिकर्ता कम्पनी, व्यावसायिक तथा विभिन्न सङ्घसंस्थाका साथै भारत र बङ्गलादेशका पुष्प व्यवसायी पनि मेलामा सहभागी रहेको आयोजकको भनाइ छ ।

मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिएको छ । पुष्पजन्य वस्तुको बजारीकरण, यस क्षेत्रसँग सम्बन्धित नयाँ ज्ञान तथा सीप, बजारको अवस्थालगायतका विषयमा जानकारी लिनका लागि यो मेला उपयुक्त अवसर रहेको एसोसियसनले जनाएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सुरु भएको मेला चैत २० गतेसम्म चल्नेछ । रासस

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post